नेपाली काँग्रसेका सभापति शेर बहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले एक बर्षसम्म जनता ढाँट्ने काम मात्र गरेको आरोप लगाएका छन् ।   नेपाली काँग्रेस भक्तपुरको आयोजनामा भएको बिरोध सभालाई सम्बोधन गर्दै देउवाले वर्तमान सरकारले एक बर्ष जनता झुक्काउने र ढाँट्नमै बितेको बताएका हुन् ।

देउवाले काँग्रेसको इतिहासलाई बुझ्न नसकेको नेकपा सरकारले राणा, पञ्चायत, राजदरवारलाई पाखा लगाए जस्तै लोकतन्त्रको मर्ममा निरन्तर प्रहार गरिरहे यो सरकार पनि धेरै दिन नटिक्ने बताए ।

उनले  चिकित्सा बिधेयकको नाममा चिकित्कस क्षेत्रको महत्वपूर्ण कुरा भन्दा पनि आफ्ना पार्टीका आसेपासेले खुलेको चिकित्सा क्षेत्रको संरक्षणमा ओली सरकारले बिधेयक पास गरेको आरोप लगाउँदै विश्वमा कतै नभएको नजिर नेपालमा देखिएको बताउनुका साथै  ओलीले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र बजेटको ओइरो लगाएको र अन्य नेपालका क्षेत्र नेपालमा नपर्ने झैं गरि देखाएको पक्षपाती ब्यवहारले पनि उनको एक बर्ष कार्यकालले प्रष्टाएकोमा आक्रोश ब्यक्त गरे ।

बिरोध सभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नै संघियता फेल गराउन लागेको भन्दै देउवाले  सात प्रदेश मध्ये ६ प्रदेशका मुख्य मन्त्रीहरुले नै संघियताको बिषयमा बोलेको भनाईले केन्द्र सरकारले संघियता फेल गराउन लागेको तथ्य सबैले सहजै बुझ्न सकिने बताए ।

त्यस्तै अर्का केन्द्रिय सदस्य एवं पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले कम्युनिष्ट पार्टीको वर्तमान सरकारमा जनता बलियो नभएर आफ्नो पार्टी र कार्यकर्ता मात्र बलियो भए पुग्छ भन्ने मान्यता स्थापित गर्न खोजेको बताउँदै
भने, ‘आफ्नो कार्यकर्ताको गलत कामलाई समेत सकारात्मक भन्नु गलत मान्यताको नजिर वर्तमान सरकारले बसाल्दै लगेको छ ।’

बिरोध सभामा काँग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले वर्तमान कम्युनिष्ट सरकार बाँदरको हातमा नरिवल भने झै देखिएको र संबिधान भन्दा पनि संबिधान मिच्दै कामहरु गरिरहेको धारण ब्यक्त गर्नुका साथै  नेपाली काँग्रेस काठमाडौं जिल्लाका अध्यक्ष सवुज बानियाँ, भक्तपुर जिल्लाका पूर्व सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधर, काँग्रेस भक्तपुर जिल्लाको क्षेत्र नं. १ का क्षेत्रिय सभापति जीवन खत्री, क्षेत्र नं. २ का क्षेत्रिय सभापति नारायण भक्त खायमली लगायतका वत्ताहरुले वर्तमान सरकारको एक बर्ष जनहित विपरित र कुरोको खेतीमै बितेको बताए ।

उनीहरुले ओलीको नेतृत्वको सरकारले लोकतन्त्र र गणतन्त्रको खिल्ली उडाउँदै संबिधान बिपरित गएर गरिएको कामको नेपालका ७७ वटै जिल्लामा बिरोध कार्यक्रमलाई तिब्रता दिनेमा काँग्रेस लाग्न पर्ने बताए ।

बिरोध सभाको सभापतित्व गरेका नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले ओली सरकारले अधिनायकवादी चरित्र बाहेक अन्य प्रर्दशन गर्न नसकेको आरोप लगाउँदै लोकतन्त्रको हिमायती काँग्रेसलाई बेलामै पहिचान गरि आफ्नो ब्यवहारमा सुधार नगरे नेकपाको पनि पतन निश्चित रहेको बताए ।

 

 

 

Comments

comments