गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले यहाँ रहेका नेपाली समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निशुल्क खाध्यान्न वितरण कार्यक्रम गरेको छ । कोरोना भाईरसको उच्च जोखिमा रहेका यहाँका नेपाली समुदायको रोग प्रतिरोधात्मक क्षमतामा आउन सक्ने ह्रासलाई ध्यानमा राखी फाउण्डेशनले ११५ बक्स ताजा तरकारी, सलाद लगायतका खाध्यान्न सामग्री बितरण गरेको हो ।
फाउण्डेशनकी सह-कोषाध्यक्ष पुनम राना मल्लको अगुवाइ मा न्यूजर्सी राज्यमा सम्पन्न सो खाद्य सामग्री वितरण कार्यक्रम कोरोना भाईसरका कारण मानिसमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने जनस्वास्थ्य तथा पोषणविद्हरुको भनाईलाई ध्यानमा राखी नेपाली बिद्यार्थी तथा परिवारलाई पोसीला खाद्य सामग्री बितरण गरिएको थियो ।
न्यूजर्सीको कार्डवेल युनिभर्सिटीका १०० जना भन्दा बढी बिद्यार्थीहरु लाई समन्वय रहेको सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको संयाजकत्व र न्युयोर्क लाईफ ईन्सुरेन्सका जीवन बीमा उत्पादक भेष राज खत्रीको समन्वयमा तथा दीपक खुनाले सामग्री उपलब्धताको जिम्मेबारी निर्वाह गरेका थिए भने देब शंकर र एनआर एन न्यूजर्सी च्यापटरका सचिव कृष्ण सुवेदि र सदस्य सुर्य तिवारीको सहयोग रहेको थियो ।
न्यूजर्सीको सामाजिक अभियन्ता बिष्णु माया परीयार, नेजससअ का महासचिव महेश मल्ल लगायतको उपस्थितीमा सम्पन्न सो कार्यक्रम सफल पार्न समय र योगदान पुर्याउने सबैलाई गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले धन्यवाद ज्ञापन गरेको छ ।
कोरोनाका कारण कोही पनि नेपाली रोग र भोकको बिपतमा बस्नु नपरोस् भनेर राहत बितरणमा जुटिरहेको फाउण्डेशनले बिहिबार का दिन नै साँझ ७ बजेदेखि ८:१५ सम्म न्यूयोर्कको ज्याक्सन हाईटसमा अवस्थित फाउण्डेसनको कार्यालय अगाडि २ सय जनालाई निस्शुल्क खाना वितरण गरेको थियो ।
प्रतिक्रिया