‘सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन’ सफल बनाउन अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । ‘दौडौं स्वास्थ्यका लागि, दौडौं पोखराका लागि’ भन्ने मुल नाराका साथ यहि फागुन ७ गते पोखरामा आयोजना हुन लागेको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनका लागि अमेरिकाबासी नेपालीले ३ लाख रुपैंया सहयोग गरेका हुन् ।

भुवपूर्व खेलाडी मञ्च पोखराको आयोजना हुन लागेको यस म्याराथनका लागि अमेरिकाको बोस्टन र ह्रयामपसाएर क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुले रकम संकलन गरेका हुन् । संकलित रकम खेलप्रेमी पोखरा निवासी यम पौडेलले आयोजक सस्थाका अध्ययक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका थिए ।

सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको १३ औं संस्करणका लागि सहियोग पुर्याउने सबै अमेरिकाबासी नेपालीप्रति आयोजक संस्था भुतपूर्व खेलाडी मञ्चले आभार प्रकट गरेको छ ।

आयोजक संस्थाका अनुसार फागुन ७ गते पोखरा रंगशालामा बिहान ६ बजेबाट सुरु हुने यस प्रतियोगिता सफल बनाउन २६ उपसमिती गठन गरिएको छ भने ३ सय ५७ वटा संघ संस्थासंग समन्वय गरिएको छ । पोखराका १७ वटा वडालाई समेटिएको यस प्रतियोगीतामा जापान, चीन, फ्रान्स लगायत राष्ट्रका धावकको पनि सहभागिता रहने छ ।

 

Comments

comments