US Khabar
  • आज भ्यालेन्टाईन डे: नेपाल सहित विश्वभर उत्लासपूर्वक मनाईंदै

    - us khabar | ३ महिना पहिले प्रकाशित

    आज भ्यालेन्टाईन डे: नेपाल सहित विश्वभर उत्लासपूर्वक मनाईंदै

    आज १४ फेबु्रअरी अर्थात भ्यालेन्टाईन डे । विश्वभर उल्लासका साथ मनाईंदै छ । तेस्रो शताब्दीको अन्त्यतिर रोममा जन्मिएका एक सकारात्मक सोचका एक पादरीको सिधान्तको कदर स्वरुप मनाईंदै आएको उत्सव हो भ्यालेन्टाईन डे । जसलाई प्रेम र विवाहको समर्थनमा आवाज र कर्म गरेकै कारण मृत्युदण्ड दिईएको थियो ।

    पादरी सेन्ट भ्यालेन्टाइन जन्मिएको रोमले सो समय अमानविय राज्य व्यवस्थामा नागरिकमा लादेको थियो । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरुलाई प्रेम गर्न र विवाह गर्न प्रतिवन्ध लगाईदिए । युवा प्रेम र विवाहतिर लागे सैनिक व्यवस्था कमजोर हुन्छ भन्ने ठानेर गरेको यस प्रकारको हर्कतको बिरोधमा सेन्ट भ्यालेन्टाइन उभिए । उनले सरकारको आँखा छलेर सो समय धेरै जोडीको विवाह गराईदिए, प्रेम आवश्क छ र प्रेम नै ईश्वर हो भन्ने रहस्यपनि बुझाउँदै हिड्न थाले । यो कुरा सम्राटले थाहा पाएपछि सेन्ट भ्यालेन्टाइनलाई पक्राउ गरियो मृत्युदण्डको फैसला सुनाईयो । उनलाई मृत्युदण्डको पर्खाईमा जेलमा बसेका समय जेलरकी छोरी उनलाई भेट्न आउने गर्थिन् ।

    फाँसी दिने दिन उनले जेलरकी छोरीलाई एउटा पानामा Love from your Valentine लेखेर आफ्नो हस्ताक्षर सहित दिएर विदा भए । ई. पू. २७० को फेबु्रअरी १४ तारिखका दिन उनलाई फाँसी दिईयो । उनले आफ्नो अन्तिम समयमा समेत प्रेमको महत्व बुझाएर गएपछि लिखित रुपमा प्रेम व्यक्त गर्ने प्रचलन सुरु भएको हो । त्यसैले जुन दिन उनलाई फाँसी भयो त्यहि दिनको सम्झनामा अर्थात सेन्ट भ्यालेन्टाईनको सम्झनामा त्यो एक दिन उनको नाममा मनाउने प्रचलन आज सम्म आईपुग्दा आ आफ्नै शैलीमा प्रेम दिवश मनाउने गरिन्छ ।

    नेपालमा पनि किशोर किशारी देखी सहरी क्षेत्रमा बृद्ध बृद्धा समेतले यो उत्सव मनाउदै आएका छन् । साहित्य, संगीत र कला संवद्ध व्यक्तीका लागि पनि यो एक उत्सव जस्तै बन्ने गर्दछ ।नेपालमा पनि किशोर किशारी देखी सहरी क्षेत्रमा बृद्ध बृद्धा समेतले यो उत्सव मनाउदै आएका छन् । साहित्य, संगीत र कला संवद्ध व्यक्तीका लागि पनि यो एक उत्सव जस्तै बन्ने गर्दछ । आ आफ्ना जोडिका तस्विरले नेपालका सामाजिक संजाल पनि रंगीएका छन् आज । अव्यक्त प्रेम प्रस्थाव समेत आजको दिन राख्ने चलन भएकाले पनि विषेशत प्रेम दिवसको रौनक युवा पुस्तामा देख्न पाईन्छ । आजकै दिन राम्रो साईत मानेर कला संवद्ध व्यक्तीहरुले आफ्नो व्यवसायिक तथा सुभकामको सुरुवात गर्ने चलन पछि पछिल्लो समय बढेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!