नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता डाक्टर देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ जना ४५ वर्षीय पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा स्थायी घर भएका बारामा रहेका ३४ वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष, रौतटह स्थायी ठेगाना भएका कलैयामा कार्यरत ३२ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै सर्लाही हरीपुरका ४८ वर्षीया पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुष, काठमाडौं सोह्रखुटेका ६९ वर्षका पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडाहवाका २३, ३० र ४० वर्षीय पुरुषहरु, कपिलवस्तुका ३ जना ३५, ३७ र ५२ वर्षीय पुरुषहरु, गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ सय ३ जना पुगेको छ ।
जसमध्ये पुरुषहरु ५ सय २४ जना र महिलाहरु ७९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित फेला परेका हुन् ।
नुवाकोटमा संक्रमित भेटिएसँगै कोरोना संक्रमण देखिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ ।
प्रतिक्रिया