सुष्मा देवकोटा

एनआरएन अमेरिकाको आगामी निर्वाचनमा अध्यक्ष पदका बलिया प्रत्यासीका रुपमा देखिएका सुर्य लम्साल पेसाले ईन्जिनियर हुन् । किसान परिवारमा जन्मेर अमेरिकाका बिभिन्न प्रतिष्ठीत कम्पनीहरुमा उच्च तहको ईन्जिनियरका रुपमा स्थापित भएका लम्सालको एनआरएन सम्मको यात्रा र आजको अध्यक्ष पदको उमेद्वारी सम्मलाई हेर्दा उनि आफुले सिकेका ज्ञान सिप र नेपालमा बिकास निर्माणका योजना पुर्याउने बौद्धिक ब्यक्तीका रुपमा देखिएका उनि आफ्नो दक्षतालाई नेपालको बिकास निर्माणलाई सहयोग पुर्याउने योजना सहित आगामी चुनावका बलियो प्रतिस्पर्धीका रुपमा देखिएका प्रत्यासी हुन् ।

चितवनको सुर्यनगरमा जन्मेका उनको नाम, जन्म स्थान कै नामबाट  सुर्य राखिएको हो भने ति सुर्य आज वरिष्ठ ईन्जिनियरका रुपमा संसारकै सबैभन्दा ठूलो प्रसारण टान्समिसन लाइनमा कार्यरत रहेर उज्यालो बाढिंरहनु अर्को संजोग जस्तो देखिन्छ ।

चितवनको शिवनगर माध्यामिक विद्यालयबाट २०४१ सालमा एसएलसी उत्तीर्ण गरेका लम्सालले बिर्षेका छैनन् उनि स्कुल पढ्दा बिहान भरी घरको काममा बा आमालाई सघाएर बिद्यायल जाने र छुट्टी भएपछि कतै नभुली घर आएर के काम छ त्यससमा लाग्ने गरेको ४ दशक अघिका आफ्ना बाल्यकालहरु । जती समय बच्थ्यो त्यतीमै पढेर पनि उनि अब्बल छात्रका रुपमा परिचित थिए । साधारण जीवन र अध्यनशिल स्वभावका लम्साल एसएलसी पनि काठमाडौं आए, राम्रो नतिजामा एसएलसी पास गरेका उनिले बिज्ञान बिषय बढ्दा ठिक हुने देखेर चितवनबाट काठमाडौ आएका हुन् । बिद्यार्थी राजनिती त्यो समयमा पनि थियो अमृत साईन्स क्याम्पसमा तर उनलाई पढ्नु मात्र थियो राम्रो संग । अस्कल क्याम्समा आईएसी र बिएस्सी सकेपछि उनी पुल्चोक ईन्जिनियरिङ क्याम्पसमा पढ्न थाले ।

सन् १९९३ मा स्नातक गरेपछि नेपालमै प्रसस्त कामहरु भेटिए उनले काम पनि गरे । तर उनि अझै पढ्न चाहन्थे खासगरी बिदेशी मुलुकको शिक्षा र ज्ञान हासिल गर्ने रहर थियो उनमा । नेपालमा ईन्जिनियरिङमा मास्टर्स लेभलको पढाई नहुनुले पनि उनलाई बिदेश जानै पर्ने थियो त्यसैले उनले अमेरिका क्यानडा र जापानका बिश्वबिद्यालयमा आवेदन दिए । उनको प्रमाणपत्रलाई हेरेर यि तिनवटै देशका बिश्व बिद्यालयले उनलाई पढ्नका आफ्नो देशमा बोलाएको भएपनि उनले अमेरिकालाई नै रोजे र २३ बर्ष अघि १९९६ जुलाईमा फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीमा मास्टर्स अफ इन्जिनियरिङका विद्यार्थी बनेर सुर्य लम्साल अमेरिका आए ।

२३ बर्ष अघि उनि अमेरिका आउँदा आजको जस्तो समय थिएन । नेपालीहरु भेटिनै गाह्रो थियो । एकजना नेपाली ज्याक्सन हाईटमा बस्छन् अरे भन्ने सुनेका उनि ३ घण्टा हिडेर ज्याक्सन हाईट पुगेका थिए । आफ्नो देशको मान्छे भेट्दा पनि परिवारकै सदस्य भेटेको अनुभव हुन्थ्यो । ज्याक्सन हाईट पुगेर ति ब्यक्तीलाई भेट्दा साह्रै खुसी भएका लम्साल आज एनआरएन अमेरिकाको कार्यसमिती भित्र बसेर अमेरिकाकामा रहेका सम्पुर्ण नेपालीको जिम्मेवारी बहन गर्ने अवस्थासम्म आईपुगे । आफ्ना ज्ञान शिप र अनुभवलाई प्रयोग गर्नकै लागि आफ्नो अधिकार क्षेत्रलाई केहि फराकिलो बनाउन सके नेपाल र नेपालीका लागि केहि गर्ने वातावरण सृजना होला कि भनेर अध्यक्ष पदका लागि उमेद्वारी दिंदैछन् ।

फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीमाबाट सन् १९९८ मा मास्टर्स अफ इन्जिनियरिङ सकेपछि उनले अमेरिकाका बिभिन्न प्रतिष्ठीत कम्पनिमा ईन्जिनियका रुपमा काम गरे । उनि ति नेपाली हुन् जसले संसारकै उत्कृष्ट नमुना मानिने (गगनचुम्बी भवन) म्यानह्याटनका स्काइक्रेपर निमार्ण युनिटसंगै रहेर काम गरेका थिए भने सन् २००२ को कोरिया विश्वकपको रंगशालाको उत्कृष्ट डिजाइन गरेबापत अवार्ड समेत प्राप्त गरेका थिए ।

१३ बर्ष भयो उनले संसारकै सबैभन्दा ठूलो प्रसारण ७६५ के.भी. टान्समिसन लाइन भएको न्युयोर्क पावर अथरिटीमा वरिष्ठ इन्जिनियरका रूपमा काम गर्न थालेको । ६००० मेगावाट विद्युत् उत्पादन गर्दै आएका  अमेरिकी सरकारको बिद्युत प्राधिकारणमा रहेर उच्च पदमा काम गरिरहेका लम्सालको अवसर र जिम्मेवारी सम्पुर्ण नेपालीका लागी गर्वको कुरा हो । दशक पढि भयो उनको दैनिकी संसारकै नमूना मानिने नायगारा फल्स हाइड्रो पावरको नियमित अनुगमन, सुरक्षा, पावरहाउस तथा टान्समिसन लाइनमा गर्नुपर्न इन्जिनियरिङ लगायतका महत्वपूर्ण कामहरुमा बितिरहेको । नेपालमा पनि उनि जलस्रोतको क्षेत्रमा केही गर्न चाहन्छन् ।

अमेरिकन सोसाईटी अफ सिभिल तथा स्ट्रक्चरल सोसाईटीमा बरिस्ठ सदस्य, न्यूयोर्क युनिभर्सिटीका प्राध्यापक, बिज्ञान, प्रविधी र अर्थनिती सम्बन्धी समितीका संयोजक लगायतका अनुभव संगालेका न्युर्योक निवासी लम्साल आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी हुन् । वर्तमान कार्यसमितीका लागि महासचिव पदमा उमेद्वारी दिएका लम्साल डा. केसव पौडेलको पहिलो कार्यकालमा सर्वाधिक मत ल्याएर सदस्य पदमा निर्वाचित भएका थिए ।

‘ठूला परियोजना निर्माणमा एकल पुँजी पर्याप्त नहुने हुँदा सामुहिक लगानी र टिममा रहेर नेपालमा केही गर्ने उद्येश्यले एनआएन अमेरिकामा प्रवेश गरेका उनी सहितको गैरआवासीय नेपालीको समूहले ६ वर्षअघि १८० मेघावाटको आधिँखोला हाइड्रोपावर सुरु गर्न एक्जिम बैकंमार्फत लगानी स्वीकृत गराई नेपाल सरकारसँग निर्माण अनुमति मागेको थियो । तर नेपाल सरकारले आवश्यक पहल नगर्दा सो योजना पुरा हुन सकेन । उनि अझै पनि यस्ता खाले परियोजनाहरु नेपालमा लैजाने योजनामा कटिबद्ध छन् । किनकी उनि राजनिती पृष्ठभुमी बोकेर नभई अमेरिकामा सिकेका ज्ञानलाई सकैको सहकार्यमा नेपालको बिकास निमार्णका लागि खर्चन चाहन्छन् ।

दोहोरो कर प्रणलीका कारण नेपालमा अमेरिकी लगानी बढ्न नसकेको अनुभवले गर्दा उनि कर प्रणाली हटाउन र नेपालमा एनआरएनको सामूहिक लगानी बढाउन पहल गरिरहेका छन् । नयाँ प्रविधि र आविस्कारको विषयमा तालिम सञ्चालन गर्दै आएको अमेरिकन सोसाइटी अफ सिभिल तथा स्ट्रक्चरल इन्जिनियरर्सको सदस्य रहेका उनी अमेरिका चितवन सोसाईटीका पूर्व अध्यक्ष, क्विन बुद्ध लायन्स कलवका संस्थापक उपाध्यक्ष, लगायत सामाजिक संघ संस्थासंग आवद्ध रहँदै आएका छन् । ईमन्दारितालाई सार्वोत्तम निती मान्ने लम्साल हाल न्युयोर्क युनिभर्सिटीमै सहरी भौतिक पूर्वाधार विषयमा पिएचडी गरिरहेका छन् ।

नयाँ कार्यसमितीका लागि हुन लागेको एनआरएन अमेरिकाको चुनावका लागि यतिबेला उमेद्वारहरु उमेद्वारी दिने तयारीमा छन् । हाल सम्म अध्यक्ष पदका लागि ८ जनाको नाम सार्वजनिक भएको छ । जसमा बर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष सुनिल शाह, बोर्ड अफ डारेक्टर कृष्ण लामिछाने, डा.अर्जुन बन्जाडे, संजय थापा, बर्तमान महासचिव बि. आर लामा, प्रवत्ता बिनोद कुमार तिवारी, पूर्व वोर्ड सदस्य सुर्य लम्साल र पूर्व उपाध्यक्ष आर सि पोखरेल रहेका छन् ।

 

 

 

 

 

 

Comments

comments