गायक राज सागर
प्रिय! आउ अब जातको कुरा हैन औकातको कुरा गरौं
शिक्षित र आर्थिक रूपमा समपन्न समाजको निर्माण नै जातिगत भेदभावको अन्त्य हो। हेर तिम्रो उमेरमा रोजगारको शिलशिलामा परदेशिएकाहरुलाइ जातको आधारमा काम दिइदैन।
प्रीय! उनिहरुलाइ सोध्नु पर्छ जातले के दियो भनेर जो हाम्रो समाजले दिएको जातको दम्भलाइ थोत्रो सुट्केशको एउटा कुनमा थन्क्याएर ज्यान हत्केलामा राखेर आफू मान्छे हँु भन्ने कुरा नै बिर्सिने गरि जिवित रहने कोशिस गरिरहेका छन।
प्रीय उनिहरुलाइ सोध्नु पर्छ जात ले के दियो भनेर ? जो हाम्रो समाजले दिएको जातको दम्भलाई रत्नपार्कमा किनेको सय रुपैयाँको चाइनिज हाते झोलाको कुनै कुनामा थन्क्याएर दैनिक कैयौं परपुरुश संग शरिरको शौदा गर्न बध्य छन।
प्रीय प्रेममा त्याग जरुरी थियो बलिदानी जरुरी थिएन । त्याग भन्नाले तिमीले तिम्रो प्रेमिलाइ त्याग्ने हैनथ्यो र आफुले गरेको प्रेमलाई त्याग्नु पनि प्रेममा गरेको त्याग हैनथ्यो। प्रेमको बीचमा उम्रेको रिस राग घमण्ड र कुमनोबृतीलाई त्याग्न सक्नु नै प्रेममा गरेको त्याग थियो।
कतै हामी प्रेम गर्ने बहनामा स्वर्थी त भैरहेका छैनौं? आफनो प्रेमीसंग जीवन बिताउनु पाउनु सबै भन्दा उत्कृष्ट जीवन बिताउनु हो। के त्यो उत्कृष्ट जीवन बिताउनको लागी आफुमा थोरै धैर्यता सहनशिलता र सभ्य आचरणको बिकास गर्न सक्दैन थियौं ?प्रेममा मान्छे अन्धो हुन्छन् भन्नुको तात्पर्य हरेक प्रेमी प्रेमिका मा जुनसुकै कठिन परिस्थिति लाई पनि सहजै हल गर्न सक्ने क्षमता देखिनु भन्ने थियो । जस्तो अध्यारोमा सबै कुराको अस्तित्व शून्य हुन्छ ।
प्रिय नबराज कसैको शिरमा सजिनु पर्ने प्रेमको एउटा सुन्दर फुल नदिमा बग्यो। तिमीले आज मृत्युवरण गरेउ तिमीलाई लागी रहेको होला मेरो जात को कारण ले नै मैले मेरो प्रेमिकालाई पाउन सकिन। तिमी लाई लागी रहेको होला अब मैले न्याय पाउछुकी पाउदिन।
प्रीय आफू जन्मेको कोखलाइ कहिल्यै नसराप है। तिमी ले आफ्नो परिवारलाई र उनिको परिवार लाई कहिल्यै दुश्मन नसम्झ है।तिमी लाई तिम्रो प्रेमीसंग छुटाउने समाजलाई तिमी ले माफी दिनु पर्छ। तिम्रो प्रेमिका तिम्रै हुन जुनि जुनि सयौं जुनि तिम्रै भएर बस्नेछिन। सायद जिवनलाइ सम्झौतामा बदल्न बाध्य हुनछिन होला तर भौतिक रूपमा अरुको साथमा भएपनी आत्मिक रुपमा तिम्रै भएर बाच्ने छिन। हरेक पल हरेक क्षण तिम्रै नाम जपेर बसेकी हुनेछिन। तिम्रो प्रतीक्षामा उनको आँखाहरु कहिल्यै थाक्ने छैनन। तिमीलाई थाहा छ ?श्रीमान मरेको बिधुवाले सिउँदो पखाले पुग्छ तर प्रेमि मरेको प्रेमिकाले पखाल्नलाई केही हुदैन त्यसैले त प्रेम सधैं सधैं बाचिरहन्छ। प्रिय तिमीले देशलाई कहिल्यै नसराप है हेर यदि तिमी ले पनि देशलाई सरापेउ भनेत प्रेमिले सरापेको देश भन्ने छन।
प्रतिक्रिया