सुष्मा देवकोटा

 

मान्छेको भाग्य उसको कर्मले निर्धारण गर्दछ । सामान्यतया मान्छेमा गुनासो रहन्छ सम्पन्न परिवारमा जन्मन सकेको भए म पनि धेरै माथी पुग्ने थिएँ तर असलमा त्यो ब्यक्तीलाई सफल मानिन्छ जसले आफ्नो जीवन परिवर्तनको रेखा आफैंले कोर्दै जान्छ, त्यो बिचमा उसले गरेका संघर्षलाई उसले संघर्ष भन्दा पनि अनुभव र मान्छे हुनुको दाहित्व सम्झदैं गएपछि स्वत फराकिला बन्दै जान्छन् सफलताका बाटोहरु । यस्तै एक उदाहरण हुन् यतिबेला चर्चामा रहेका एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्यासी सुनिल शाह ।

नेपालको तराई क्षेत्रको मधेशी समुदायमा जन्मेर आज अमेरिका जस्तो सम्पन्न देशमा,सफल व्यासायि, अब्वल आईटी ईन्जिनियर, असल सामाजिक अभियन्ता र बलियो नेतृत्व क्षमता राख्ने सुनिल शाह आफैंमा एउटा प्रेरक ब्यक्तीत्व हुन् जसका कथा पढ्नेहरुका एउटा गतिलो प्रेरणा बन्न सक्छ सक्छ ।

उनि स्कुल पढ्ने ताका उनका साना साथीहरु भैंसी गोठालो जान्थें, घरमा आमा बुवालाई सघाउँथे र बाँकी बचेको समय खेलिरहेका भेटिन्थें धुलो माटोमा । सुनिल शाह त्यही समुदायका बालक हुन् जसका किशान बाबु आमाले उनलाई पढाएर ठुलो मान्छे बनाउने सपना देखे र त्यही सपना पुरा गर्न कापी कलम च्यापेर स्कुल जान सिकेका उनि आज सिंगो अमेरिकामा रहेका नेपालीको नेतृत्व गर्ने हैसियत राख्दछन् चाहे त्यो व्यवसायिक पाटोबाट होस् चाहे सामाजिक या एनआरएन अमेरिकाको निकटताबाट नै किन नहोस् ।

जनकपुरमा जन्मेका उनले त्यहिँबाट एसएलसी पास गरे । आफुले पाएको अवसरलाई मेहनतका साथ निभाउने उनको स्वभावले उनको पढाईलाई पनि साथ दियो । एसएलसी पछि ईन्जिनियर बन्ने सपना बोकेर राजधानी आएका उनले पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट स्नातक सके । स्नातक अध्यनका समयमा पढ्दा उनले राजनिती र समाजलाई बुझ्नकै लागि नेविसंघ प्रवेश गरेका थिए । आफ्नो देशमा रहेको गरिवी, निम्न स्तरको शैक्षिक चेतना, अप्ठ्यारो सामाजिक संरचना लगायतका कुराले उनलाई राजनितीमा प्रवेश गराएको थियो । उनि सामाजिक सुधारको लागि बिद्यार्थी राजनितीमा लागेका थिए ।

सन् १९९५ मा ब्याचलर ईन ईन्जिनियर अध्यननका लागि बंगलादेश गएपछि पनि उनि बिभिन्न काममा सक्रिय रहे । बिबिसीको नेपाली सेवाका लागि समाचार सामग्रीहरु नेपालीमा अनुवाद गर्ने काम पाएका उनले त्यो समय देशबाहिर रहेर पनि देशको अवस्थालाई नजिकबाट जान्ने मौका पाए । उनको सामाजिक कर्ममा लाग्ने सोचलाई यो कामले अर्को टेवा पुर्याएको थियो । उनले नेपालको तत्कालिन अवस्थालाई जान्ने मौका पाए । नेपाली समुदायसंगको निकटता र आत्मियता स्वरुप उनले त्यो समयमा पनि सामाजिक सुधारका लागि प्रयत्न गरेका थिए ।

बंगलादेशको अध्यन पुरा गरेर नेपाल फर्किएका उनि नेपालमै रहेको भएपनि आफ्नो जीवनलाई पुग्ने जती पैसा कमाउन सक्थे तर उनको सामाजिक मनले आफुलाई मात्र कमाउनु भन्दा अप्ठ्यारामा परेकाहरुलाई पनि सहयोग गर्न सक्ने अवस्थामा पुग्ने रहर गर्यो र सन् सन २००४ मा अमेरीका आए सुनिल शाह ।

कसैलाई सहयोग गर्नका लागि मन मात्र भएर हुँदैन आर्थिक रुपमा पनि बलियो हुनुपर्छ त्यसैले पनि होला शाहले पुन आफ्नो अध्यनलाई निरन्तरता दिए । अमेरिकाको फ्लोरिडामा माष्टर पढ्न सुरु गरेसंगै सन् २००५ वाट सुरु भयो उनको सुचना प्रविधि ९क्ष्त्०का क्षेत्रमा अझ बढि निकटता । पढाई पुरा गरेर उनले यहि क्षेत्रका बिभिन्न कम्पनीहरुमा काम गरेपछि उनले सन् १९९३ बाट आफ्नै कम्पनी खोलेर आईटी ब्यवसाय सुरु गरे ।

उनि अमेरिका आउँदा उनलाई यहाँको माहौल नौलो थियो । नेपाली सबै आ-आफ्ना काममा ब्यस्त थिए, भेटेर सहयोग माग्ने अवस्था थिएन, त्यहाँको सिस्टमबारे नबुझेका बिद्यार्थी सुनिललाई केही समय मेसोमेलो भएन । साना साना कामका लागि पनि अन्यौल रहन्थ्यो किनकी त्यो आफ्नो देश थिएन । भर्खरै राजधानी छिरेकालाई त अप्ठेरो पर्छ भने उनि त अर्कै देशमा थिए त्यो पनि चेतना र प्रविधीका रुपमा सम्पन्न देश अमेरिका । बिस्तारै उनि यहाँको माहौलसंग परिचित हुँदै गए, प्रसासनिक र दैनिक जीवनका लागि आवश्यक कुराहरु आफैंले सिक्दै गए, पढाई सकेपछि उनले काम गरेका कम्पनीबाट पनि उनले थप अनुभव र सिप लिए ।

त्यो समय उनले महशुष गरे भर्खरै अमेरिका आउनेहरुलाई मेरो सुरुवाती दिनमा जस्तै अप्ठेरो पर्नेछ र मैले सहयोग गर्नुपर्छ । उनि व्यवसायिक बन्नुको कारण पनि त्यही थियो, नेपाल छंदै उनि आफ्नो तर्फवाट अप्ठ्यारो अवस्थामा रहेकाको सेवा गर्नुपर्नेमा दृण थिए, अमेरिकाले नयाँ पाठ सिकायो, ‘कसैलाई मद्यत गर्नुछ भने पहिले आफु मेहनत गर सक्षम बन ।’

यहि कुरालाई अनुसरण गरेर उनले आफ्नो योग्यता, ज्ञान र सिपलाई ब्यवसायिक रुप दिए । आज उनको कम्पनीमा नेपालका मात्र होईन बिदेशी नागरिकले समेत रोजगारी पाएका छन् । उनको मेहनतले नै उनलाई आर्थिक रुपमा बलियो बनाएको थियो जुन उनि आफ्नो परिवारको लागि मात्र नभई सबैसंग बाढ्न चाहन्थे ।

संधै सकारात्कम सोच राखेर अघि बढेका शाहसंग ब्यक्तीगत रुपमा असाध्यै ठुलो महत्वकाक्षां छैन, उनि सरल र सहज जीवन रुचाउने मान्छे हुन् । आफुले कमाएको ज्ञान उनि अरुमा बिस्तार गर्न चाहन्छन् । ताकी मनलाई शान्ति होस् आफ्नो पहलमा मिलेको अरुको खुसी देखेर । नेपाल र नेपालीका लागि आफुले सक्दो सहयोग गर्ने बताउँदै आएका उनि सन् २०११ बाट एनआरएनमा आवद्ध छन् । निर्वाचन समिति सदस्य, सल्लाहकार हुँदै एनआरएनए एनससिसी अमेरिकाको बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष शाहले एनआरएनको महत्व र आवश्यकताबारे यहाँका नेपालीलाई ब्यक्तीगत रुपमै पनि बुझाउँदै आएका छन् । नेपालीको साझा संस्थाको रुपमा स्थापित एनआरएनप्रति सकारात्मक हुन सके धेरै योजनाहरु सफल हुने उनको बुझाई छ । आफु आफुमा बिबादिन बन्नु भनेको संस्था कमजोर हुनु हो र कमजोर संस्थाबाट बलियो अपेक्षा गर्न मुस्कील हुने भएकाले सबैले एनआरएन प्रति सकारात्मक भएर आपसी सद्भाव र सहयोगमा अघि बढ्नु पर्ने उनको धारणा छ ।

उनको बुझाईमा प्रवासमा रहेका नेपालीसंग नेपाल सरकारले समन्वय गरेर दक्ष नेपालीको ज्ञानलाई प्रयोग गर्ने वातावरण मिलाएको खण्डमा बिभिन्न क्षेत्रमा बिकासका नयाँ कामहरु गर्न सकिन्छ । एनआरएन अमेरिकाको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि दावेदार शाहले यसका लागि आफ्नो ब्यक्तीगत र संस्थागत पहल संधै रहने प्रतिवद्धता ब्यक्त गर्दै आएका छन् ।

 

Comments

comments