घोराही, १३ फागुन ।

दाङको घोराहीमा फागुन २ गतेदेखि सुरु भएको लखन थापा मगर कप रनिङ फुटबलको फाइनलका लागि बडहरा युवा क्लब र युएनबिसी एकेडेमीबीच प्रतिष्पर्धा हुने भएको हो । आज भएका सेमीफाइनल खेलमा बडहरा युवा क्लब र युएनबिसी एकेडेमी बिजयी भएपछि फाइनलमा प्रतिष्पर्धा गर्ने भएका हुन् ।

घोराहीको भरतपुर खेल मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा बडहरा युबा क्लबले अटल युवा क्लब रातोलाई ५—३ गोल अन्तरले बिजयी भएर फाइनलका लागि यात्रा पक्का गरेको हो । बडहराका तर्फबाट एरोन रोकाले २ गोल गर्नुभएको थियो । यस्तै तिर्खलाल पुन, दिप्त झाक्री मगर र बिक्रम घर्तीले १÷१ गोल गर्नुभएको थियो ।

यस्तै अटल युबा क्लब रातोका तर्फबाट निराजन भण्डारी, भरत चौधरी र ज्ञानबिक्रम थापा मगरले १\१ गोल गर्नुभएको थियो । यस्तै आजै भएको दोस्रो सेमीफाइनल खेलमा युएनबिसी एकेडेमीले जागरुक एकता क्लबलाई हराएर फाइनल यात्रा पक्का गरेको छ ।

खेलमा युएनबिसीका तर्फबाट अमित चौधरी र गोपाल कवरले १\१ गोल गर्नुभएको थियो । यस्तै जागरुक एकता क्लबका तर्फबाट शिशिर चौधरीले १ गोल गर्नुभएको थियो । बडहरा युबा क्लब र युएनबिसी एकेडेमीबीच फाइनल प्रतिष्पर्धा मगर दिवसका अबसरमा फागुन १५ गते हुने जनाइएको छ ।

यस्तै भोली मगर ब्यबसायी, पुर्ब आर्मी प्रहरी र पत्रकारहरुबीच मैत्रीपुर्ण प्रतियोगिता हुने आयोजक नेपाल मगर संघ दाङले जनाएको छ ।

Comments

comments