US Khabar

कोरोना अपडेट: चौथो मृतक युवतीको शव पीसीआर परीक्षणको लागि टेकु अस्पताल पठाइयो

- Admin | २ वर्ष पहिले प्रकाशित

कोरोना अपडेट: चौथो मृतक युवतीको शव पीसीआर परीक्षणको लागि टेकु अस्पताल पठाइयो

कञ्चनपुर  शङ्खरापुर नगरपालिका साँखुमा आज ज्यान गुमाएकी एक युवतीको पीसीआर परीक्षणको लागि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।

वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी २० वर्षीया युवतीको ज्यान गएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईँले बताउनुभयो ।

कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वरेण्टीनमा राखिएको थियो । उनको आरडीटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् ।

क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । आज बिहान उनको अस्पतालमै ज्यान गएको मृत्यु चापागाईंले बताउनुभयो । (रासस)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!