बिष्णुकुमार देवकोटा \ दाङ 

प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरण तोक्ने बिषयले अहिले प्रदेश नं ५ को राजनीति तातेको छ । पुर्ववर्ती देउवा सरकारले प्रदेश नं ५ को अस्थायी मुकाम रुपन्देही लाई तोकेपछि कुनैपिन हिसाबमा उपर्युक्त स्थायी मुकाम दाङ लाई तोक्नका लागि दाङ लगाएत छिमेकी जिल्लाहरु बाँके र बर्दियाले समेत एक्यबद्धता जनाएका छन् ।

प्रदेश नं ५ अन्तर्गतका छिमेकी जिल्लाहरु बाँके र बर्दियाले त दाङ स्थायी मुकाम नतोकिए कर्णलि प्रदेश मा गाभिने चेतावनी समेत दिईसकेका छन् ।

३ महिनाको म्याद दिई प्रदेश सभाले प्रदेशको स्थायी मुकाम र नामाकरणको बिषयमा टुङ्गो लगाउन समिति निर्माण गरेतापनि समितिले स्थायी मुकाम र नामाकरण बारे कुनै ठोस टुङ्गो लगाउन सकेन ।

नामाकरण र स्थायी मुकाम बारे विवाद खडा भएपिछ यसको छिनोफानो गर्न प्रदेश सभाले पुनः प्रदेशिक नामाकरण र स्थायी राजधानीबारे टुङ्गो लगाउन बिषेश समिति निर्माणगरी सुझावका लागि प्रदेश अन्तर्गतका १२ वटै जिल्लाहरुमा सुझाव संकलन गर्नैकार्य अन्तर्गत आज दाङ जिल्लामा सुझाव संकलन गरीएको छ ।

लिखित रुपमा संकलन गरीएको सुझावमा सत प्रतिसत सहभागिहरुले समथ्र्य,शामरीक महत्व, भुगोल का आधारमा दाङ जिल्लानै उपर्युक्त भएको सुझाव दिएका छन् ।

दाङ बाट प्रदेश सभामा प्रतिनिधित्वगर्नै प्रदेश संसद्, नागरीक समाज, स्थानीय तह लगाएत सिंगो दाङ जिल्ला दाङ लाई राजधानी बनाउने सवालमा एक ढिक्का देखिएका छन् ।

दाङ लाई राजधानी तोक्ने सवालमा लबिङ्ग गरीरहनुभएका सार्वजनिक लेखा समितिका सभापति तथा दाङ निर्वाचन क्षे नं ३ (क) बाट प्रदेश सभामा निर्वाचित डिल्लि बहादुर चौधरीले प्रदेश नं ५ को स्थायी मुकाम दाङ तोकिने कुरामा दुईमत नरहेको दावी गर्नुभयो ।

यस्तै दाङ लाई स्थायी राजधानी तोक्न छिमेकी ज्लिाहरुको पनि समर्थन जुटाउनुपर्ने जिकिर गर्दै दाङ निर्वाचन क्षे नं १ (ख) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभाका सदस्य रेवति रमण शर्माले स्थायी मुकाम दाङ उपयुक्त भएको दावी गर्नभयो ।

दाङ लाई स्थायी मुकाम तोकेपनि स्थानका बारेमा झमेला गर्नुनपर्ने गढवा गाँऊपालिकाका अध्यक्ष सहज राम अहिरले बताउनुभयो ।

यस्तै नागरीक समाजका संयोजक चन्द्र राज पन्तले साम्थ्र्य, सामरीक, भूगोल, हावापानी का आधारमा दाङ उपयुक्त रहेको र प्रदेश सभाले दाङ लाई राजधानी तोक्नेमा विश्वस्त रहेको बताउनुभयो ।

राजधानी र नामाकरणको बिषयमा वडा तहमा समेत स्पष्ट रहेको भन्दै घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले दाङ बिकल्पहिन बिकल्प रहेको बताउनुभयो ।

 

Comments

comments