पर्यटनमन्त्री रबिन्द्र अधिकारी सहित सातजनाको ज्यान जाने गरि  ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना प्रति पत्रकार ऋषि धमलाले दुख ब्यक्त गरेका छन् । संस्कृती तथा पर्यटन मन्त्रि रविन्द्र अधिकारी नेपाली साहित्य संगीतलाई नजिकबाट चिनेको र कुशल नेतृत्व भएको नेता भन्दै उनको निधनले आफुलाई स्पब्ध बनाएको बताएका छन् ।

आज टुडिखेलमा आयोजना गरिने भनिएको श्रद्धाञ्जली कार्यक्रम स्थगित भएर भोलि फाल्गुन १७ गते बिहान ८ बजे बाट सुरु गरिने कारेक्रमबारे जानकारी दिंदै पत्रकार धमलाले मन्त्री रविन्द्र अधिकारीको र उनका अंगरक्षकको शव आफुले पहिचान गरेको र वाकी शवको पहिचान हुन नसकेकाले टुटिखेलको श्रद्धाञ्जली भोलीलाई सारिएको बताए ।

२०४६ सालको बिद्यार्थी आन्दोलनबाटै आफुले रविन्द्र अधिकारीको संगत गरेको बताउँदै उनि मिडियासंग अत्यन्त निकट र सहज भएको ब्यक्ती भएको बताउँदै उनले ३ दिन अघि मन्त्री अधिकारीलाई भेट्दा आफुलाई ऋषी जी वाइडवडी खरिद प्रकरणमा मेरो संलग्नता छैन है भनेको वाक्य आफुले यतिबेला सम्झीरहेको र उनि निर्दोश सावित भएको हेर्न मन लागेको बताए ।

 

Comments

comments