लक्ष्मण बस्नेत \ तुलसीपुर, १६ फागुन ।

दाङको तुलसीपुरमा प्रथम जिल्ला स्तरिय वडि विल्डिङ च्याम्पियनसिप (मिस्टर दाङ) हुने भएको छ ।
दाङ जिल्ला शारिरीक सुगठन तथा फिट्नेस संघ र फेन्स् फिट्नेस सेन्टर तुलसीपुरको सयुक्त आयोजनामा प्रतियोगिता यहि फागुन १८ गते तुलसीपुर स्थीत वि.एस.एस पार्टी प्यालेसमा सनिवार हुनेछ ।

स्वास्थ्य र शारिरीक सौर्दयता संग प्रत्यक्ष जोडिएको शारिरीक सुगठनको खेलको पहुँच अभिवृद्धी गर्ने र स्थानिय स्तरका नव प्रतिभाहरुलाई शारिरीक सुगठन खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लामा स्थापित फिट्नेस सेन्टरहरु बाट ३५ वढी खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक दाङ जिल्ला शारिरीक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष खिम जिएमले जानकारी दिएका छन् ।

५५ केजी,६० केजी,६५ केजी,७० केजी,७५ केजी र ७५ प्लस गरि ६ वटा तौल समुहमा कडा प्रतिस्पर्धा हुने प्रतियोगितामा मिस्टर दाङ अर्थात अलओभर च्याम्पियन ,बेस्ट पोजर, राईजिङ प्लेयर, प्रत्यक तौल समुहमा प्रथम,द्धितिय र तृतिय स्थान प्राप्त गर्ने खेलाडीलाई नगद,ट्रफी,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । सो अवसरमा प्रतियोगिताको थप आर्कषणको रुपमा महिला शारिरीक सुगठनको डेमो प्रर्दशन तथा जुम्बा डान्स प्रर्दशन गरिनेछ ।

प्रतियोगिताको मुख्य निर्णायकमा नेपाल शारिरीक सुगठन तथा फिट्नेस संघका प्रमुख निर्णायक प्रतापकाजी बरिया,सहायक निर्णायकमा अनिल लाल श्रेष्ठ र शिवध्वज राई दाङ आउने कार्यक्रम रहेको छ ।

यसैविच आयोजक दाङ जिल्ला शारिरीक सुगठन तथा फिट्नेस संघका अध्यक्ष आषिश कुमार श्रेष्ठले यहि फागुन १८ गते सनिवार विहान साढे ११ बजे देखि सुरु हुने प्रथम जिल्ला स्तरिय वडि विल्डिङ च्याम्पियनसिप (मिस्टर दाङ) को उद्घाटन समारोहमा खेलप्रेमी,खेलाडी,उद्योगी,व्यवसायी, पत्रकार लगाएत सबैमा उपस्थीतीका लागि अनुरोध गर्नु भएको छ ।

Comments

comments