US Khabar

द्वन्दकालमा हराएका टाउकाहरु देखी ठुला-ठुला हत्याकाण्ड र अहिलेको सार्वजनिक नक्सा

- Admin | ३ वर्ष पहिले प्रकाशित

द्वन्दकालमा हराएका टाउकाहरु देखी ठुला-ठुला हत्याकाण्ड र अहिलेको सार्वजनिक नक्सा

दुर्गा दाहाल \अमेरिका

 

नेपाल सरकारले नेपाली भूभागको नक्सा त प्रकाशनमा ल्यायो । हामी सम्पूर्ण नेपालीहरुले खुशीको अनुभूती गर्नु स्वभाविक हो । अब यसबाट निस्कने परिणामहरु के कस्ता हुन्छन् भन्ने बिषयमा हामी सबै नेपालीहरुले गहन रुपमा अध्ययन र मनन् गर्नु पनि अति सान्धर्भिक बिषय हो ।

के नयाँ नक्साले समस्या सहज रुपमा समाधान होला त ? यसका पछाडी के कस्ता प्रश्नहरु निस्कन सक्छन् ? यसबाट निस्कने प्रश्नहरुको उत्तर निकै नै गम्भिर हुन सक्छन् होला जस्तो अनुभूती हुन्छ । यि प्रश्नहरुको जवाफ केवल सत्तारुढ पार्टीले मात्र दिनु असम्भव देखिन्छ । राष्ट्रको सिमा समस्या धेरै ठुलो समस्या हो । यो समस्या ऐतिहासिक र अति जटिल छ । सबभन्दा पहिले हामीले आफ्नो अनुहार हेर्नु जरुरी छ ।

के हामी सम्पूर्ण नेपालीहरु भारतसंग मुडभेड गर्न सक्छौं त ? अव तुरुन्तै मुडभेड हुने जस्तो परिस्थिती सृजना हुनसक्ने देखिन्छ अहिलेको अवस्थालाई हेर्दा । यस बिषयमा हाम्रो सरकारले कति गम्भिर महशुष गरेको छ ? सरकारले सिमा सम्बन्धि नक्सा निकालेको छ भनेर ढुक्क पर्ने स्थिती आम जनतामा छैन ।

अव सत्तारुढ पार्टी समक्ष अती गम्भिर र चिन्तन योग्य बिषय बस्तुहरु सामुन्ने छन् । सत्तारुढ पार्टीको कार्यशैलीलाई पनि जनताहरुले धेरै नजिकबाट अध्ययन गरिरहेका छन् । आन्तरिक बिषयहरु र बैदेशिक बिषयहरु बिशुद्ध फरक छन् । जव बैदेशिक बिषय र छिमेकी राष्ट्रहरुको सम्बन्धका कुराहरु आउँछन् , त्यस्ता गहन बिषयहरुमा सम्पूर्ण नेपालीहरुको चासो जानुलाई कसैले पनि गलत सम्झिनु हुँदैन । मेरो पार्टीले गरेको ठिक र मेरो नेताले गरेको ठीक जव हामी भन्छौं, कहिले काहीँ यस्ता बैदेशिक निर्णयहरु राष्ट्रको लागि घातक पनि हुन सक्छ । हामी हाम्रो सामु सिक्किमलाई देखी रहेको छौं । आज सिक्किम दुनियाँको अगाडी पछुताउ गरिरहेको यथार्थ हाम्रो सामु छ ।

कुनै पनि कुटनितिक समस्या भनेका राष्ट्रिय समस्या हुन् । राष्ट्रका हरेक नागरिकहरुले यस्ता समस्याहरुलाई गहन रुपले अध्ययन र मनन गरि रहेका हुन्छन् । आज ति समस्याहरु हाम्रो सामु छन् ।

चिन र भारत ठुला र शक्तीशाली राष्ट्रहरु भएको हुँदा हामीले दुवै राष्ट्रसंग समानुपातिक रुपमा भै रहेको ऐतिहासिक सम्बन्धमा आँच आउन दिनु हुँदैन भन्ने कुरा सरकारले मनन् गरेकै छ । तर “दशा” बाजा बजाएर आउन्न र बाढि र पहिरो पनि हातले छेकिन्न भन्ने उखान हामी सबैले बुझेको कुरा हो ।

अबका अगाडीका भविश्यले हामी नेपाली अल्ली चिन्तीत भएको महशुष गएको छ । हुन सक्छ, भोली तुरुन्तै भारतले पूरै नाकाबन्दी गर्न सक्छ । हुन सक्छ केही दिन त हामी आफ्नै बलबुताले समस्या टारौंला, यो अवस्थालाई सहज बनाउँदा र संधै सम्भव छैन । यदि हाम्रा प्रमाण र दस्तावेजहरु यकिन छन् भने अवश्य नै हामी कुटनैतिक पहलमा अगाडी हुन्छौं । यि सम्पूर्ण कुराहरुको जिम्मेवारी जनताले सरकारलाई सुम्पेको छ । तर यो राष्ट्रिय मुद्धा भएको कारणले सबै राष्ट्रवादी शक्तीहरु एउटै धारमा उभिनु जरुरी छ ।

हामी सम्पूर्ण नेपालीहरु “सिक्किमेली” हुन चाहन्नौं । हामीलाई ठुलो शंका छ, कतै केही स्वार्थ स्वार्थी राजनितिक खेल खेल्नेहरुले हामी अर्थात नेपालीहरुमाथी जाल पो रच्दै छन् कि ?

फेरी पनि गहिरो शंका छ, जब माओवादीले नेपाली दाजुभाईहरु संग युद्ध लड्दा लडाईमा मारिएका ब्यक्तीहरुको “टाउको” उनिहरु आफैंले लगेका थिए । किन लगेका थिए ति मरेका मानिसका टाउकाहरु ? हुन सक्छ ति टाउकाहरु बिदेशी मुलुकका थिए कि ?

राज महेन्द्रलाई मारियो, राजा बिरेन्द्रलाई मारियो साथै राष्ट्रप्रेमी मदन भण्डारीलाई पनि मारियो तर हामी टुलुटुलु हेरिरहेका छौं । बोल्न सक्ने क्षमतालाई हामी आफैंले कजाएर राखेका छौं । तिनै विश्व प्रसिद्ध राजनैतिक नेता तत्कालिन नेपालका प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईरालालाई भारतको बनारसबाट दक्षिण भारतमा शरणार्थी रुपमा जाउ भन्दा “म आफ्नै देशको जेलमा बस्न मन पराउँछु” भन्दै नेपाल आएर जेल जीवन ब्यतित गर्नु भएको थियो । यो हो राष्ट्रवादी चरित्र । यकिन साथ भन्न सकिन्छ की ति नै विश्वेश्वर भारतको स्वतन्त्रताका लागि अग्रपंक्तीमा समर्पित थिए ।

अब आउने भविश्यका लागि हामी सम्पूर्ण राष्ट्रबादी नेपाली शक्तीहरु एउटै धारमा उभिएर हरेक समस्याको निराकरणमा वचनवद्ध हुनु जरुरी छ ।

कवि मोतिराम भट्टले लेखेको दुई हरफ कविता याद आयो

मौका आउँछ पर्खदैंन त्यसमा भन्ने माहाँ लढुँ हो
बैरीको प्रतिशोध गर्छु म भनि भन्ने महाँ लढुँ हो

त्यसैले मौकामा राजनैतिक दलहरु राष्ट्रप्रेमी बुद्धीजिविहरु, भूपु सैनिक तथा बरिष्ठ कर्मचारीहरु साथै सम्पूर्ण नागरिकहरु एउटै मियोमा उभिएर राष्ट्रियताको बिषयमा सोच्नु अति आवश्यक छ । नत्र हामी नेपाली भएर बाँच्न सक्दैनौं ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!