निरन्तर शनिबारकाे नियमित रचना वाचनकाे यसपटककाे शृङ्खलामा अतिथिका कविका रूपमा फुलमान बललाई निम्त्याइएकाे थियाे । कवि, कथाकार, नाटककार, पत्रकार र चलचित्र निर्देशक समेत रहेका बलले पत्रकारिता गर्दा तटस्थ भूमिकामा रहे पनि सिर्जना  आफ्नाे पक्षधरता भएकाे कुरा बताए ।

आफूलाई अभिव्यक्त गर्न विभिन्न विधामा हात हालेकाे भन्दै बलले विभिन्न विधाका रचनाहरुकाे रचना गर्भ समेत सुनाउन भ्याए । यसै क्रममा उनले   आजका मान्छे, शीत लहर, बाग्मतीकाे   आत्मलाप, बाँदरकाे अपिल लगायत   आधा दर्जन कविता सुनाएका थिए ।

कार्यक्रममा इन्द्र लम्साल, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, वर्षा वन्दना, सुदर्शन शर्मा, नारायण सापकाेटा, राम अविरल बिस्ट, सुरज गजा, तिलक राउत, संगीता पनेरु, केवल कार्की, विश्व सिग्देल, साेझाे गाउँलेले पनि  आ-आफ्ना रचना(कविता, गीत, गजल, मुक्तक)सुनाएका थिए ।

कार्यक्रम विद्यापीठकाे मिनी हलमा सम्पन्न भएकाे थियाे । उक्त कार्यक्रम रेडियाे अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका रेकर्ड पनि गरिएकाे थियाे ।

Comments

comments