US Khabar

नवराज विक प्रकरण: अर्का युवाको शव भेरीको खोँचमा भेटियो – मृतकको संख्या ४ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

नवराज विक प्रकरण: अर्का युवाको शव भेरीको खोँचमा भेटियो – मृतकको संख्या ४ पुग्यो

 

गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोती घटनाका अर्का युवाको शव आज फेला परेको छ । यो संगै अन्तरजातिय प्रेम पछिको भागी विवाहका कारण यस घटनामा ४ जनाको मृत्यु भएको छ ।

जातिय मुद्धा बनेर देश नै विवादित बनेको यस घटनामा परि आज शव भेटिएका अर्का युवा भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनार हुन् । उनको शव घटनास्थलदेखि करीव १० किलोमिटर तल भेरी नदीको खोचमा फेला परेको हो ।

यस अघि यस घटनाका प्रेमी भेरी नगरपालिका ४ का नवराज विक र उनका साथी गणेश बुढा साथै चौरजहारीका टीकाराम सुनारको शव फेला परेको थियो भने भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् ।

१९ जनाको युवा समुह नवराज विककी प्रेमिका सुष्मा मल्ललाई भगाएर ल्याउने सल्लाह अनुरुप केटीको गाउँ पुग्दा केटीका परिवार सहित गाउँलेहरुले उनिहरुलाई भगाउन खोज्दा भएको कुटपिटमा परि नवराज र उनका साथीहरुको ज्यान जानुको साथै केही बेपत्ता र कोहि घाईते अवस्थामा फर्किएपछि यस घटनाले यतिबेला सामाजिक सञ्जाल देखी सदन सम्म चर्को रुप लिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!