नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ललितपुर महानगरपालिका(२२ बुङमतीका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसंगै नेपालमा मृतकको संख्या ५ पुगेको हो ।
५७ वर्षीय ति पुरुष जेठ ११ गते ग्वार्कोिस्थत किस्ट अस्पतालको आईसीयूमा भर्ना भएका थिए । सुरुमा पाटन अस्पताल पुगेका उनलाई किस्ट अस्पतालमा रिफर गरिएको थियो । ११ गते आईसियुमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि १२ गते भेन्टिलेटरमा सारिएको थियो । त्यसपछि मात्रै उनको स्वाब परीक्षणका लागि पठाईएको हो तर उनको मृत्युपछि मात्रै उनको मृत्युको कारण कोरोना भएको पुष्टी भएको छ । मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएसंगै उनि समेत नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको औपचारिक पुष्टि नगरेपनि अस्पतालका निर्देशक डा। सुरज बज्राचार्यका अनुसार दिउँसो ४ बजे मृत्यु भएका उनको मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएकोले उनको मृत्यु कोरोना संक्रमणबाटै भएको पुष्टी भएको छ ।
प्रतिक्रिया