यूएस खबर संवाददाता \काठमाडौं

 

सुदुरपश्चिम मात्र होईन नेपालका प्राय समाजमा छोरा नभै नहुने धारणा शिक्षत अशिक्षित सबैमा छ । शिक्षक उत्तम थापा मगर पनि त्यहि समाजका बाबु हुन् । उनले सोचे छोराका कारणले आमा बाबुले बुढेसकालमा दुख पाएका घटना देखेको सुनेको छु म मेरा दुईटा छोरीलाई नै छोरा जसरी हुर्काउँछु । उनले आफ्नी बुढीलाई पनि सम्झाए हाम्रा छोरीहरु छोरा भन्दा कम हुँदैनन् ।

शिक्षक पेसा र भएभरको सम्पत्ती र मेहनत खर्चेर उनले छोरीको लागि राम्रो घर बनाए । आयस्रोत बढाउन ऋण धन गरेर पसल राखे । तर आज उनि रुदैं भन्छन् मैले छोरीहरुको लागि बनाएको घर नै चिहान बन्यो ।

घटना गएको फागुन १४ गतेको हो । डडेलधुरा आलिताल घुम्ती गोदाम बजार निवासी तथा श्री दुर्गा मा.वि. का शिक्षक उत्तम थापा मगर नसा र सुजनको समस्या भएकी श्रीमतीलाई उपचार गर्न धनगडी आएका थिए उत्तम थापा । घर फर्कर्दा अबेर भयो । यता छोरीहरु पढिरहेको बेला बिजुलीको लाईन गयो र मैनबत्ती बालेर पढ्न सुरु गरे । बच्चीहरु कुन बेला निदाए पत्तो भएन । घर दन्दनी बल्न थालेपछि छिमेकीले पत्तो पाए ।

साँझ करिव ८ बजेर २० मिनेट भएको थियो घरमा आगलागी हुँदा । उनिहरु घर आईपुग्दा बलिरहेको घरभित्र दुईवटी छोरी थिए । उत्तक थापाका दम्पत्ती छोरीहरु बलिरहेको घरभित्र छन् भन्ने देख्नासाथ रुंदै र अतालिदैं बेहोस भए । गाउँलेहरुले जेठि छोरीले निकाले तर पुर्ण रुपमा जलेको जीउँदो मात्र भन्न मिल्ने अवस्थामा तर कान्छि छोरीलाई बचाउन सकिएन ।

कान्छि छोरी आरती थापा ९ बर्षकी थिईन् । जेठी छोरी निरुता १३ बर्षकी भईन् । आज थापा दम्पत्ती एकजोर लुगाको भरमा काठमाडौंको किर्तीपुर अस्पतालमा छन् । छोरीको आईसियुमा राखिएको छ । श्रीमतीलाई उनि सकेसम्म छोरी भेटाउन चाहन्नन् किनकी छोरीको अवस्था गम्भिर छ डाक्टरले आफुलाई सम्हाल्नु अवस्था गम्भिर छ । तै पनि उनले आज मारेका छैनन् । बलिन्द्र धारा आँसु बगाउँदै एउटा बाबु मिडियामा छोरीको उपचारको खर्च नभएर सहयोग माग्न आएका छन् ।

आफैं होसमा नभएका उनि श्रीमतीले यो अवस्थालाई सम्झौता गरिदिए हुनथ्यो भन्ने चाहन्छन् । सम्पुर्ण शरिर जलेकी छोरीले बाबा बैनी खै भन्दा उनि घरमा हजुरबा हजुरआमा संग छ भनेर ढाट्दै आईरहेका छन् । काठमाडौं नौलो ठाउँ भएकाले औसधी र रगत कहाँ लिन जाने सम्म मेसोमेलो नपाएका उनि डाक्टरले बेला बेलामा सम्झाईरहने अवस्था क्रिटिकल छ शब्दले झस्किरहन्छन् । उनको सहयोगमा यति बेला थाहा पाउनेहरु मात्र लागेका छन् । एक रुपैयां पैसा आफुसंग नभएका उनि कसैले सहयोग गरेन भने मेरी छोरी मर्छे भन्दै रुन्छन् । यो अवस्थामा उनलाई सहयोग गरेर एउटी सानी बच्चीको ज्यान र परिवारको खुसीका लागि सबैसंग अपिल गरिरहेका छन् थाहा पाउनेहरु

सहयोगका लागि

उत्तम कुमार थापाको सम्पर्क नम्बर
9825753412 \  9868463502

 

Comments

comments