एनआरएन अमेरिकाको चुनावी मैदानमा फरक फरक पृष्ठभुमीबाट जोडएका नामहरु आकांक्षीका रुपमा देखिएका छन् । आगामी निर्वाचनका लागि ति नामहरुबाट केहि नाम पुरानै दोहोरिएका छन् भने नयाँ नामहरु प्नि सार्वजनिक भै रहेका छन् । यसै बिच एनआरएनए भित्र अमेरिकाबासी आम साधारण नेपाली पनि सहभागी हुनुपर्छ भन्ने मान्यता सहित युवा पुस्ताको प्रतिनिधित्व गर्दै टेक्ससबाट भुवन अधिकारीले बोर्ड अफ डाईरेक्टरको पदमा उमेद्वारी दिने तयारीमा छन् ।

उमेद्वारीको तयारीमा रहेका अधिकारीले आज सम्मको एनआरएनए अभियान, यस प्रतिको जन गुनासो, आवश्यकता, युवा सहभागीताको प्रभाव र आफ्नो उमेद्वारी किन लगायतमा आफ्ना धारणाहरु ब्यक्त गरेका छन् ।

उनको बिचारमा प्रवाशमा रहेका नेपालीहरुलाई सँधै नेपाल र नेपालीसंग जोडनको लागि गरिएका अनेकौं अभियान मध्ये एन आर एन ए अभियान पनि एउटा हो । मातृभूमिको सम्बृद्धीको यात्रामा सहयात्री बन्ने र संसारभर छरिएर रहेका नेपाली जातिको परिचयलाइ उचो बनाउने उद्धेश्य राखेको यो अभियानमा सबै वर्ग, पेशा र ब्यबशायका प्रवाशी नेपालीहरुको सहभागिता हुनु जरुरि छ ।

आफैं चुनावी मैदानमा उत्रिएर यस भित्रका कमजोरी सुधार्ने लक्ष्यका साथ उमेद्वारी दिन लागेको बताएका अधिकारीले यस कारण दिंदैछन् उमेद्वारी : 

अमेरिकामा रहेका प्रबाशी नेपालीहरुले आउदो २०१९- ०२१ को लागि एन आर एन ए को अमेरिका कार्यसमितिको निर्वाचन गर्न लागेको छ तर दुखका साथ भन्नु पर्छ मातृभूमि नेपालको रेमिटेन्समा सबैभन्दा बडी देन गर्ने राष्ट्र अमेरिकाको प्रबाशी नेपालीहरुको यो साझा संस्था सबैको आस्था भएको संस्था बन्नु पर्नेमा यसको बिपरित यो सस्था प्रति यहाँका नेपाली जनमानसको व्यापक वितृष्णा भएको पाइन्छ ।

यसका धेरै कारणहरु छन् तर प्रमुख कारणहरु चाही सदस्यता बन्ने बनाउने तरिका , निश्चित समुहले जसररी पनि निर्वाचन जित्ने पर्ने मनासिकताले आफु अनुकुल निर्वाचनका प्रक्रियाहरु लागु गराउने जस्ता क्रियाकलाप, एन आर एन ए को पहलमा गरिनु पर्ने सामाजिक क्रियाकलापहरुको अभाव , अर्को पिढी वा युवा पुस्तालाई आकर्सित गर्ने कार्यक्रमहरु नहुनु इत्यादी रहेका छन् । यिनै कारणहरुले गर्दा राम्रा र सहि प्रतिनिधिहरु निर्वाचित हुन्छन भन्नेमा कोहि पनि ढुक्क हुन नसकेको अवस्था छ ।

विवादै विवादको, शंका नै शंकाका अनवरत श्रंखलाहरु पार गर्दै यस पटकको एन आर एन ए अमेरिकाको सदस्यता बन्ने क्रम लगभग पुरा भएको छ ।

गोजीमा सदस्यताको लिस्ट बोकेर पदको ठेक्कामा बोल कबोल गर्दै हिड्ने व्यक्तिहरुको बोलवाला भएको अवस्था छ भने नेपाली अमेरिकन सचेत विद्धवत वर्ग यी सम्पूर्ण क्रियाकलापमा मुकदर्शक बनेर बसेको छ । हरेक सदस्यलाइ आफुले हालेको भोट सहि ठाउमा काउन्ट हुन्छ कि हुदैन भन्नेमै संका छ भने हरेक उम्मेदवारलाई मैले भोट पाएर पनि निर्वाचित हुन्छु कि हुँदिन भन्ने मै आशंका छ किनभने यो सब हाम्रा बिगतका एन आर एन अभियन्ताहरुले देखाएको ब्यबहारको प्रतिफल हो ।

यस्तो अवस्थामा एउटा बोर्ड अफ डाइरेक्टर उम्मेद्वारी दिनु आँफैमा चुनौतिको बिषय हो साथै एउटा ब्यक्तीले सम्पूर्ण संस्थाको साखलाइ पुन फर्काउँछु भनेर चुनावी मैदानमा आउनु हास्यास्पद नै हुन्छ तर यी सवालहरुलाई उठाउनु पर्छ भनेर वा यी सवालहरुलाई उठाउने बाचा गरेर म पनि बोर्ड अफ डाइरेक्टर उम्मेदवारको रुपमा यहाँहरु माझमा आएको छु । आफ्नो भोट आफै हाल्नुस , आफ्नो अभिमत आफै जाहेर गर्नुस, आफ्ना भावनाहरुको प्रतिनित्त्व आफ्नो अभिमतबाट जाहेर गर्नुस , यो सस्थालाई सबैको आस्थाको सस्था , साझा सस्था बनाउँ । जहाँ पुगे पनि तर नेपाली भन्न पाइयोस नेपाली भेट्न पाइयोस त्यसको लागि सम्मानित एन आर एन बनाउने अभियानमा लागौं भन्ने आह्वानका साथ यहाहरु माझमा आएको छु ।

भुवन अधिकारी

Comments

comments