चितवन, २१ फागुन 

बिगत लामो समय देखि नेपालमा लुब्रिकेन्टको सफल बजार बनाएको वेष्ट अटो कम्पनीले निक पेट्रोलियमको ब्लाजोल लुब्रिकेन्ट नेपाली बजारमा ल्याएको छ । चितवनको नारायणगढमा रहेको वेष्ट अटोले भारतको प्रतिष्ठित कम्पनि निक पेट्रोकेम को ब्लेजोल (blazol) लुब्रिकेन्ट नेपाली बजारमा ल्याएको हो ।

बेष्ट अटोका सञ्चालक सुजन देवकोटाका अनुसार नेपाली नेपाली बजारमा ल्याईएको blazol lubricant उच्च गुणस्तरिय सेन्थेटीक तथा हाइ ग्रेड लुब्रिकेन्ट र सबै किसिमका सवारी साधनमा प्रयोग गर्न मिल्नुका साथै यो लुब्रिकेन्टमा उच्च स्तरिय ग्रिज संगै गियर आयल , हाइड्रोलिक आयल ,इन्जिन आयल , बाइक 4T तथा इन्ड्रस्टियल आयल का सम्पुर्ण रेन्ज रहेको छ ।

शत प्रतिसत भर्जिन वेस आयलबाट उत्पादन भएको यो ब्रान्ड नेपाली बजारमा गुणस्तर , प्याकिगं , लेबलिगं , मुल्य सबै कुराले कुनै पनि लुब्रिकेन्ट ब्रान्ड भन्दा अब्बल रहेको बताउँदै blazol lubricant लाइ चितवन , पोखरा , हेटौडा , बुटबल , काठमान्डौ लगायतका मुख्य शहरहरुमा बजार बिस्तार गरेको र अब छिट्टै नै नेपालका विभिन्न सहरहरुमा आफ्ना डिलर हरु बनाएर नेपाल भर यस लुब्रिकेन्ट को बजार विस्तार गर्ने बेष्ट अटो कम्पनीले जनाएको छ ।

नेपाली बजारमा बिश्वस्निय छवि बनाएको Best Auto ले विगत लामो समय देखि fewa lube oil को नेपाली ब्रान्डको classic lubricant को पनि व्यापार गर्दै आएको छ ।

 

 

Comments

comments