नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ र अमेरिकाको न्युयोर्क बिद्युत प्राधिकरणका बरिष्ठ ईन्जिनियर सुर्य लम्सालबिच आज भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका घिसिङ र लम्साल बिच नेपालको बिद्युत क्षेत्रमा हुन सक्ने बिकास, प्रभावकारी सुधार लगायतका महत्वपूर्ण बिषयमा ४ घण्टा लामो भेटवार्ता भएको हो ।

आफ्नो कार्यकालको छोटो अवधीमै लोडसेडिङको अन्त्य गरेर घाटामा रहेको नेपाल बिद्युत प्राधिकरणलाई आर्थिक रुपमा सवल बनाउन सफल कुलमान घिसिङ र संसारकै सबैभन्दा ठूलो प्रसारण ७६५ के.भी टान्समिसन लाइन भएको न्युयोर्क पावर अथरिटीमा वरिष्ठ इन्जिनियरका रूपमा कार्यरत सुर्य लम्सालबिच भएको भेटवार्तामा नेपालको दिर्घकालिन उज्यालोका बिषयमा छलफल भएको छ ।

छलफलमा  ५४,५५६ बर्ग माईल क्षेत्रफ़ल भएको न्युयोर्क राज्यमा करिव २० मिलियन जनसंख्याले ३३,००० मेघावाट सम्म बिद्युत खपत गर्ने गरेको र अलिकति बढी ५६,८२७ बर्ग माईल क्षेत्रफ़ल भएको नेपालको जनसंख्या २९ मिलियन भएपनि लगभग ११०० मेघावाटले मात्र आवश्यकता पूर्ति गरि राखेको बिषयलाई लिएर
लम्साल र घिसिङले बिद्युतलाई नेपालको बिकासमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा आपसी बिचार साटेका थिए ।

माथीको उदाहरणलाई अघि सार्दै लम्साल र घिसिङले नेपालको बिकासमा बिद्युतको भुमिकालाई गम्भिरताका साथ छलफल गरेका छन् । छलफलमा अमेरिका र क्यानाडा बीच बग्ने ‘नायागरा’ नदीको पानीको सदुपयोग गरि दुवै देशले लिएको फाइदाबाट नेपाल र भारतले शिक्षा लिनुपर्ने कुराले बिशेष महत्व पाएको छ ।

नायागरा नदीको अवलोकन गरेका घिसिङले ६००० मेघावाट बिद्युत उत्पादन गर्दै आएके न्यु योर्क बिद्युत प्राधिकरणले ७० प्रतिशत जति हाइड्रो पावर र राज्य भरि बाट १६ वटा ठाउँ बाट बिद्युत उत्पादन गर्दै आएको अमेरिकाको कामको प्रशंसा गर्दै विश्वको एक आश्चर्य नायागरा फलमा पानी खस्नु अगाडी नदीको आधा पानी अमेरिका र क्यानाडाले बराबर बाडेर सुरुङ्ग बाट आफ्नो देश लागि बिद्युत उत्पादन गरेको दृश्यले दुई देशको आपसी आत्मियता र जनताले पाएको सुविधाको पनि तारिफ गरे ।

अमेरिका र क्यानाडामा जस्तै नेपालको पश्चिममा बग्ने महाकाली नदीको पनि नेपाल र भारतले मिलेर सदुपयोग गर्न सके नेपालको बिकास र जनताको सुविधामा सहजता आउने धारणा राखिएको थियो ।

ईन्जिनियर लम्सालका अनुसार अमेरिका र क्यानडा बिचको पानी उपयोग गर्ने सन्धि एउटा महत्वपूर्ण सन्धीको रुपमा स्थापित छ । त्यसमा कुनै एक देशले अर्को देशलाई हानी हुने भाषा प्रयोग भएको छैन । अधिकार र जिम्मेवारी बराबरी छ । अझ न्यु योर्क र क्यानाडा बिचको सेन्ट लरेन्स नदीमा त एउटै बाध लाइ दुइ देशले बराबरीमा प्रयोग गरेका रहेछन । त्यहाँ लाग्ने खर्च बराबरी बाड्ने र आउने आम्दानि पनि बराबरी लिने प्रवाधान रहेछ ।अमेरिका र क्यानाडा मा यी हाइड्रो पावर प्रोजेक्टको बिषयमा कहिल्यै मनमुटाव हुँदैन । न्युयोर्क राज्य भरिको बिजुली उत्पादन मध्ये न्यु योर्क सिटि वरपरबाट मात्र आधा बिद्युत खपत हुने रहेछ । त्यसको मतलव उत्तर बाट दक्षिन तर्फ लामो दुरीका ट्रान्समिसन लाईन को जरुरि रहेछ । न्यु योर्क बिद्युत प्राधिकरण संग १४०० सर्क्युट माईल भन्दा लामो हाइ भोल्टेज ट्रान्समिसन लाईनको स्वामित्व रहेछ । त्यसमा संसारको एक मात्र ७६५ केभी ट्रान्समिसन लाइन लगायत ३४५ केभी, २३० केभी र ११५ केभी लाइन पर्ने रहेछन ।

लामो समय देखि यस प्राधिकरणमा कार्यरत सुर्य लम्सालले बाँधको सुरक्षा, ट्रान्समिसन लाइनको संरक्षण तथा पुनर्निर्माण र सम्पत्ति ब्यवस्थिकरणले निर्माण सम्बन्धि ठुलो ठाउं ओगटेको बताए । लम्सालका अनुसार न्युयोर्क बिद्युत प्राधिकरणले करिव दुइ बर्ष अगाडी देखि विश्वको पहिलो ‘डिजिटल युटिलिटी’ को रुपमा आफुलाई स्थापित गरेको छ । कुल मान घिसिङ्गले उक्त डिजिटल प्रविधि बाट तैयार पारिएको ‘आइसक’ रुमको पनि अबलोकन गरेका छन् ।

न्यु योर्क बिद्युत प्राधिकरणका इञ्जिनियरिङ विभागका भाइस प्रेसिडेन्ट रबर्ट नोल्टनले कुल मान घिसिङ्गलाइ स्वागत गर्नुको साथै मायाको चिनो प्रदान गर्दै उनको कामको प्रशंसा गरेको भेटघाट तथा भ्रमण कार्यक्रममा न्युयोर्क, मेरिल्याण्ड र भर्जिनिया वरपरका नेपालि संघ संस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।

न्यु योर्क बिद्युत प्राधिकरणका बैज्ञानिक फर्नान्डो साभेड्राले कम्पनी टुर गराउनुका साथै प्राधिकरणका कर्माचारीहरुले मिट एण्ड ग्रीट गरेका थिए । नेपाल उज्यालो बनाएका कुलमान र न्युयोर्क उज्यालो बनाइरहेका सुर्य लम्साल बीच भएको यो भेटघाट र सामुहिक छलफलले नेपालको बिद्युत क्षेत्रमा ठुलो लाभ पुग्ने कुरामा अमेरिकाबासी नेपालीले आशा गरेका छन् ।

 

 

 

Comments

comments