एनआरएन अमेरिकाको आगामी कार्यसमिती निर्वाचनमा सचिव पदका प्रत्यासी भानु खरेलले आफ्नो प्रतिवद्धता सहित आफ्नो उमेद्वारी घोषणा गरेका छन् । हाल एनआरएन अमेरिका टेक्सस च्याप्टरका अध्यक्ष रहेका खरेलले प्रेश वक्तब्य जारी गर्दै आफ्नो बिगतको टेक्सस च्याप्टरको कार्यकालको स्मरण गर्दै र आगामी एनआरएन अमेरिकाको निर्वाचनमा उमेद्वारी दिनुका कारण सहित सचिव पदमा उमेद्वारी घोषणा गरेका हुन् ।

 

खरेलले जारी जारी गरेको प्रेश वक्तब्य

सम्पुर्ण अमेरिकावासी गैरआवासीय नेपाली साथीभाई ,आफन्त तथा समाजसेवी एन॰आर॰एन॰ शुभचिंतकहरुमा हाम्रो कार्यकालमा यहाँहरुले दिनुभयेको अमुल्य सल्लाह सुझाव, निरन्तर सहयोग तथा हौसलाको लागी म सधै आभारि छु। सस्था लाइ संस्थागत बनाउनु पर्छ, सिमित व्यक्ति को घेराबाट बाहिर निकाली सबैको साझा ग़ैर आवासीय नेपाली संघ अमेरिका बनाउनु पर्छ भन्ने अभियान को लागी आगामी आऊँने नेतृत्व चयन गर्नको स्वफुर्त रूपमा सदस्यता लिनुहुने र लिन कोशिस गर्नु भएका सबै लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु !!!

बिगतको एनआरएनको निर्बाचनमा यहाहरु सबैको आग्रह र अलि बृहत समाजको प्रतिनिधित्व गर्ने आफ्नै चाहनाको कारण टेक्सास च्याप्टरको जिम्मेवारी लिन अगाडी सरेको थिएँ लाग्छ त्यों जिम्मेवारीमा हामीले उल्लेख्य कामहरुको थालनी गर्यौं जसले संस्थालाई संस्थागत गर्ने देखी लियर टेक्ससमा एन॰आर॰एन॰ लाई सबैको साझा संस्थाको रूपमा बिकाश गर्दै एन॰आर॰एन॰ को भावना लाई स्थानीय तहमा कार्यन्वयन गर्नको लागी टेवा पुरायको मैले महसुस गरेको छु । टेक्सस च्यापटरले हाम्रो कार्यकालको छोटो अवधीमा बिगतमा गरेक़ा कामहरुको जानकारी टेक्ससबासी तथा टेक्सस बाहिर रहने सम्पूर्ण एन॰आर॰एन॰ हरुलाई अबगत नै छ।

बिगतमा एन॰ आर॰ एन॰ टेक्सस च्यापटर अध्यक्ष्य को ज़िम्मेवारी लियर गरेक़ा काम का अनुभव हरु लाइ लियर एन॰ आर॰ एन॰ संगठन र यसको भावना लाई अझै केही योगदान दिन सकिंछ भन्ने आशाका साथ, एन॰ आर॰ एन॰ यनसीसी को आगामी कार्यकारी नेतृत्वमा सचिव (secretary) को जिम्मेवारी पाएमा यो संस्था लाई कसरी अझै बड़ी प्रभावकारी र समस्त एन॰ आर॰ एन॰ हरुको हितमा अगाडी बडाऊने भन्ने मेरो सोच छ।

सचिव नै किन ?
एन॰ आर॰ एन॰ २०१० देखी अमेरिकामा बैधानिक रूपमा स्थापना भएता पनी गत दुई निर्वाचन पछी च्यापटर हरूको गठन पछी मात्र स्थानीय तहमा एन॰ आर॰ एन॰ को पहुँच पुगेको देखिन्छ ।

नेपाल अमेरिका का बिभिन्न समस्या हरूलाई कार्यान्वयन को लागी स्थानीय सघसस्थाहरू संगको सहकार्य बढी प्रभावकारी भएको देखिन्छ ।विशेष गरि एन॰ आर॰ एन॰ मा च्यापटर गठन पछी स्थानीय तह देखी केन्द्रीय तह सम्म कामहरु पनी बढेका छन , सकृयता वढेको छ त्यस कारण यो संस्थालाई बढी प्रभावकारी बनाऊँन धेरै कामगरू गर्नुपर्ने छ। एकातिर च्यापटर को गठन ले एन॰ आर॰ एन॰ लाई स्थानीय तह मा लैजान र एन॰ आर॰ एन॰ का भावना लाई कार्यान्वयन गर्न धेरै मद्दत भएको छ भने, अर्कों तर्फ़ कामहरु पनी बढेको छ। अर्को तर्फ एन॰ आर॰ एन॰ को मुख्य एजेण्डा (नेपाल र नेपालीका लागी) , दोहोरो नागरिता, नेपालमा लगानी गर्न सक्ने बातावरण बनाउने , दोहोरो कर प्रणाली , नेपाल सरकारले बनाउने हरेक आर्थिक नीति हरु, शिप र जनशक्तिको विकाश सम्बन्धित थूप्रै क़ुराहरु एन॰आर॰एन॰ को आगामी नेतृत्वले हेर्नु पर्ने छ ज़ुन सबै General secretary बाट मात्रै सम्भव छैन र अबका दिनमा अनुभवी र सक्रिय सचिबको यो संस्था मा निक़ै ठुलो भूमिका रहने छ । म त्यों ज़िम्मेवारि का लागि तयारी छु ।

तसर्थ, आफ़्नो अनुभव लाई एन॰आर॰एन॰ अमेरिका लाई थप उचाइ मा लैजान तथा सम्पूर्ण एन॰आर॰एन॰ हरुको हितमा यो संस्थालाई प्रभावकारी बनाऊँने आठोंटका साथ, ग़ैर आवासीय नेपाली संग, अमेरिका को सचिबको उमेदवारीको घोषणा गर्दछु।

 

भानु खरेल

अध्यक्ष टेक्सस च्यापटर 

ग़ैर आवासीय नेपाली सघ अमेरिका

214-762-6225

Comments

comments