US Khabar
  • नेपाली समाज टेक्सासले अन्तराष्ट्रिय महिला दिवस मनायो ।

    - Admin | २ महिना पहिले प्रकाशित

    नेपाली समाज टेक्सासले अन्तराष्ट्रिय महिला दिवस मनायो ।

    नेपाली समाज टेक्सास (NST) ले अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । महिला संशक्तिकरण र महिलाहरुको सफलतामा आधारित भएर संञ्चालन गरिएको उक्त कार्यक्रम महिला विभागले समन्वय गरेको थियो भने कार्यक्रममा, अतिथि, अध्यक्षता, वक्ता, र संञ्चालन सबै महिलाहरु द्वारा नै गर्ने गरि मिलाईएको थियो ।

    NST अपाध्यक्ष विष्णुमाया उपाध्ययको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि टेक्सासको १०५ औ डिस्ट्रिककि हाउस अफ रिप्रिजेन्टेटिभ्भ टेरि मेजाले गर्नुभएको थियो । कार्यक्रममा व्यवसायी यमुना भट्टराई, सामाजिक अभियान्ता उमा कार्की थापा, पारालिगल सर्भिस संञ्चालक र्सिजना प्रोखेल, NST स्कुल शिक्षिका श्रदा अधिकारी, सामाजिक व्यक्तित्व निर्मला राई, क्यान्सर विजेता प्रकृति पाण्डे लगाएतले महिला सशक्तिकरणका वारे बोल्नु भएको थियो । कार्यक्रमलाई अन्तक्रियात्मक र रचनात्मक बनाउने ध्येयले प्यानल फलफलको आयोजना गरिएको थियो । सोनिसा थापाले व्यवस्थापन गर्नुभएको प्यानल छलफलमा नेपाली कानुनकर्मी गौरी न्यौपाने, व्यवसायी बबिना खड्का, सिपिए श्रृष्टी शर्मा, पुर्व डालस लायन्स क्लव सभापति मिना क्षेत्रि, र सामाजिक व्यक्तित्व इन्दिरा पन्थिले भाग लिनु भएको थियो । कार्यक्रम अन्तक्रियात्मक र फलदामी रहेको नेपाली समाज टेक्सासका मिडिया संयोजक तथा बोर्ड सदस्य पुण्य पाण्डेले यूएस खबरलाइ जानकारी गराउनु भएको छ।

    “महिला शसक्तिकरण र प्रेरणाको स्रोत खोजे हाम्रो पहिलो प्रयास आयन्त फलदायी र व्यहारिक भयो” र हामी यसलाई अझ आउने दिनमा निरन्तरता दिने NST महिला संयोजक गुन्जन भण्डारीले जानकारी दिनु भयो । हेर्दा सानो र सामान्य भएपनि महिला दिदिवहिनि जो याहाँ वयरहाउसमा काम गर्नु हुन्छ, वहाँहरु जो आज भन्दा भोलि अझ राम्रो गरौ भन्ने सोच राख्नु हुन्छ, वहाँहरुको लागी यो प्रोग्राम एउटा प्रेरणाको स्रोत बनोस बन्ने छ भन्ने संयोजक भन्डारीको विश्वास थियो ।

    कार्यक्रममा बोल्दै “नेपाली समाज टेक्सास (NST) नयाँ सोच, नयाँ कार्यक्रमका साथ रचनात्मक तरिकाले अगाडी बढेको र संस्थाले समाजका सबै वर्ग,क्षेत्रसग समन्वय गरेर तथा स्थानिय राज्य र त्यसका प्रतिनिधि, स्थानिय सामाजिक संस्थासँग सँगै मिलेर अगाडी बढ्ने र यसले मुलत: टेक्सासको नेपाली समाज एक र बलियो भएर अगाडी जाने र लैजानेमा हामी हर तवरले काम गर्न तत्पर रहेको समाज का अध्यक्ष राजेन्द्र वाग्लेले बिस्वास व्यक्त गर्नु भएको थियो।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!