एनआरएन अमेरिकाको आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी सुनिल शाहले आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेका छन् । शनिवार डालस स्थित युलेसको फिसटेल रेष्टेरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै शाहले आफ्ना प्रतिवद्धता सहितको ११ बुँदे घोषणा पत्र जारी गर्दै अध्यक्ष पदको औपचारिक उमेद्वारी घोषाणा गरेका हुन् ।

उमेद्वारी घोषाणा कार्यक्रममा बोल्दै शाहले बर्तमान कार्यसमितीमा आफुलाई बरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी दिने अमेरिकाबासी सम्पुर्ण नेपालीलाई धन्यवाद दिएका थिए । आफ्नो २ बर्षे कार्यकालमा भएका महत्वपूर्ण कामहरुका बारेमा जानकारी दिंदै शाहले अवको नयाँ कार्यसमिती निर्वाचनमा आफुले गरेका प्रतिवद्धतालाई ऐजेण्डा भन्दा पनि आवश्यकताको रुपमा बुझेको बताउँदै ११ बुँदे घोषाणा पत्रमा उल्लेख भएका कुराहरुबारे ब्यख्या गरेका थिए । जसमा ईमिग्रेसनको समस्या समाधान, अमेरिका आएका नेपाली बिद्यार्थीलाई एनआरएन सम्म जोड्ने वातावरण, अन्य देशसंग संस्थासंग सहकार्य गरेर आफुले गर्न सक्ने सहयोग गर्ने, एनआरएन अमेरिका आईसीसीका बारेमा सम्पुर्ण जानकारी दिन वयवसाईडको निर्माण, नेपाल र अमेरिकामा रहेका ब्यवसाहिका लागि उचित वातावरण सृजना, नेपाली संस्कृतीको प्रचार लगायत, अमेरिकामा रहेका सामाजिक र महत्वपूर्ण क्षेत्रमा योगदान पुर्याएका ब्यक्तीको खोजी गरी ३ जनालाई सम्मानित गर्ने योजना लगयतका प्रतिवद्धताहरु रहेका छन् ।

डालसबासी नेपालीको बाक्लो उपस्थिती रहेको सुनिल शाहको चुनावी घोषणा कार्यक्रममा सबैले उनलाई जीतको शुभकामना दिएका छन् भने शाहले आफुलाई मत दिएर सबैलाई सहयोग गर्ने मौका दिनका लागी अमेरिकाबासी नेपालीलाई अनुरोध गरेका छन् ।

Comments

comments