न्युयोर्कको ज्याक्सन हाईट्स ७५ स्ट्रिटको नाम माउन्ट एभरेष्ट वे भएको छ । न्युयोर्क सिटी काउन्सिलले पारित गरेको निर्णय अनुसार यहि मार्च ९ शनिवारका दिन ‘माउन्ट एभरेष्ट वे’ नामाकरणको औपचारिक घोषणा भएको हो ।

नेपालीहरुको बाक्लो आवादी रहेको सो क्षेत्रका नेपालीहरुको पहलमा न्युयोर्क सिटी डिस्ट्रिक नम्बर २२ का काउन्सिल मेम्बर कोस्टा कोन्सटान्टीनिडेसको प्रस्ताबलाई न्युयोर्क सिटी काउन्सिलले स्वकृत गरेको यो निर्णय पारित भएसंगै शनिबार दिउसो आयोजित एक विशेष कार्यक्रममा ‘माउन्ट एभरेष्ट वे’ लेखिएको सडकचिन्ह अनावरण गरिएको थियो ।

नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, नेपाली महावाणिज्यदूत पुष्प भट्टराई, अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, न्युयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कोन्स्टानटिनिडेज लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा उपस्थित प्राय सबै नेपाली पहिरनमा सजिएका थिए ।

विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रदर्शित कार्यक्रममा अमेरिका भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान पनि गरिएको थियो ।

 

Comments

comments