सिरियामा हवाई आक्रमण हुँदा ५० जनको मृत्यु भएको छ । डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेका आइएस लडाकूहरुलाई लक्षित गरी भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको हो

अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा आक्रमणमा परी मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएको छ ।

आक्रमण गर्नुअघि एसडीएफले समयसिमा तोकेर आत्मसमपर्ण गर्न आइएस लडाकू र उनीहरुका परिवारलाई आह्वान गरेको थियो । तर आइएस लडाकू र उनीहरुका आफन्तसहित हजारौले आत्मसमपर्ण गर्न अस्विकार गर्दै लक्षित क्षेत्र छाडेर अन्यन्त्र भागेका थिए ।

 

Comments

comments