US Khabar

बाजुराको आइसोलेसनमा रहेका २ बर्षिय बालिकाको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

बाजुराको आइसोलेसनमा रहेका २ बर्षिय बालिकाको मृत्यु

बाजुराको सदरमुकामा रहेको आइसोलेसनमा दुई बर्षिय  बालिकाको मृत्यु भएको छ ।  सदरमुकाम मार्तडीको आइसोलेसनमा रहेका बुढिगंगा नगरपालिका १ का दुई बर्षीया बालिकाको आईतबार बिहान मृत्यु भएको हो ।

मृत्यु भएका ति बालक ८ दिनअघि आफ्ना आमा बुवासँग भारतबाट आएकी थिईन् । सुरुमा बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा राखिएका ति बालकको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते मार्तडीको आइसोलेसनमा ल्याईएको थियो ।

ज्वरो, श्वासप्रश्वास र पखाला लगायतका समस्या देखिएपछि उनलाई आइसोलेशनमा राखिएको थियो । भारतबाट आउने क्रममा नै बिरामी परेकी बालिकालाई निको नभएपछि क्वारेन्टाइनबाट आइसोलेसनमा रिफर गरिएको थियो ।

मृतक बच्चाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाईएको छ । उनि संगै उनका बुवा आमाको पनि स्वाब परिक्षणका लागि पठाईएको छ । मृतक बच्चाको कोरोना रिपोर्ट आएपछि मात्र अन्त्येष्टिबारे निर्णय गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!