इजिप्टको सिनाइ टापूमा सेना र लडाकु त्रिचको दोहोरो भिडिन्तमा ४७ लडाकू र ३ सैनिकको मृत्यु भएको छ । इजिप्टको उत्तरी तथा मध्य सिनाईमा भएको सो आक्रमणमा सैनिकले ३८ ओटा सवारी साधन, १४ ओटा मोटरसाईकलहरु ब्स्दै आएको दुई वटा घर नष्ट गरिदिएका छन् ।

अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले जनाएका छन् ।

“आतङ्कबादी विरुद्धको सुरक्षा कारबाहीका क्रममा आतङ्कबादीहरुको त्रास रहेको सो क्षेत्रका झण्डै एक सय जना आपराधिक व्यक्ति र लडाकूहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

 

Comments

comments