आसन्न एनआरएन अमेरिकालाई लक्षित गर्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले बहस कार्यक्रमको आयोजना गर्ने भएको छ । एनआरएनए संगको सहकार्यमा नेजाले ‘अब कस्तो एनआरएनए ?’ शिर्षकमा अमेरिकाका मुख्य ५ शहरमा एनआरएन बिषेश बहस कार्यक्रमको आयोजना गर्ने भएको हो ।

आगामी अप्रिल १४ तारिखका दिनबाट सुरु हुने यस बहस कार्यक्रम उमेद्वारी घोषणा गरेका अध्यक्ष पदका प्रत्यासीसंग एनआरएन अमेरिकाको निर्वाचनको तयारी, उमेद्वारका भावि योजना, चुनावी प्रचार प्रसार तथा अवको एनआरएन कस्तो हुनेछ लगायतका बिषयमा केन्द्रित हुनेछ ।

नेपाल अमेरिका पत्रकार संघका पश्चिम क्षेत्रीय संयोजक गोकुल ढकालले दिएको जानकारी अनुसार यो बहस अप्रिल १४ तारिखका दिन वासिंटन डिसि, अप्रिल २१ लस एन्जलस, मे ५  टेक्ससको डालस,  मे १२  सिकागो र मे १९ मा न्युर्योकमा हुनेछ ।

 

Comments

comments