अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फकाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले बिज्ञप्ती जारी गर्दै भेनेजुएला राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई अमेरिकाले स्वेदश फर्काउने घोषणा गरिएको हो ।

गत जनवरी २४ मा नै दूतावासका उच्चस्तरीय कर्मचारी, उनीहरुका परिवारजन र अन्य आश्रित व्यक्तिहरुको संख्या कटौती गर्न निर्देशन दिएको अमेरिकी विदेश मन्त्रालयले राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई अमेरिकाले स्वेदश फर्काउने भन्दै दिएको अधिब्यक्तीलाई चासोका रुपमा हेरिएको छ ।

केहि साता अद्दि अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकको सुरक्षाका विषयमा भेनेजुएलाका वरिष्ट अधिकारीसँग भेटवार्ता भएको थियो । सो भेटमा विदेश मन्त्रालयका उपप्रवक्ता रोबर्ट पालाडिनोले नियमित पत्रकार सम्मेलनमा भेनेजुएलामा रहेका अमेरिकी नागरिकको सुरक्षाका बारेमा भेटवार्ता केन्द्रित भएको बताएका थिए ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले पनि आफ्ना विदेशमन्त्री जोर्ज आरेजाले अब्राम्ससँग न्यूयोर्कमा गोप्य भेटघाट गरेको बताएका थिए भने न्यूयोर्क वार्तामा विदेशमन्त्री आरेजाले अमेरिकी प्रतिनिधि अब्राम्सलाई ‘निजी, सार्वजनिक वा गोप्य’ मध्ये कुनै पनि स्वरुपमा भेनेजुएला भ्रमणका लागि निम्तो दिएको पनि राष्ट्रपति मदुरोले जानकारी दिएका थिए ।

भेनेजुएलामा केही दिनयता विद्युत् आपूर्ति बन्द भएका कारण १७ जनाको ज्यान गइसकेको छ । विद्युत आपूर्ति सुचारु हुन नसकेपछि विद्यालय तथा व्यवसाय बन्द गर्न सरकारले आदेश दिएको छ । भेनेजुएलामा जारी राजनीतिक सङ्कटसँगै खाद्यान्न सङ्कट पनि थपिएको छ । भेनेजुएलामा लगातार पाँचौँ दिन पनि विद्युत् आपूति बन्द भएपछि सर्वसाधारण सडकमा उत्रिएका छन् । हाल देशका २३ मध्ये १४ राज्यमा सरकार विरुद्ध प्रदर्शन जारी रहेको बताइएको छ । विपक्षीहरूले राष्ट्रपति मदुरोले सत्ता नत्यागेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।

 

 

 

Comments

comments