अमेरिकाको मेरिल्याण्डमा क्षेत्रका नेपाली समुदायमा पुर्याएको महत्वपुर्ण योगदानको कदर स्वरुप ४ जना नेपालीलाई सम्मान गरिएको छ । बिभिन्न क्षेत्रमा रहेर मेरिल्याडको नेपाली समुदयको हितमा काम गर्दै आएका एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल, समाज सेवी डा. श्याम कार्की, समाजसेवी तथा कलाकार ध्रुव वन्त र न्यु योर्कका अधिवक्ता खगेन्द्र जिसीलाई एकसाथ सम्मानित गरिएको हो ।

मेरिल्याण्ड राज्यको एसियन अमेरिकन प्यासिफिक आयरल्यान्ड (एएपीआई)को आयोजनामा भएको सो सम्मान कार्यक्रममा स्थानिय कलाकारहरुको सांस्कृतीक प्रस्तुती समेत रहेको थियो ।

कार्यक्रममाविधान सभा सदस्य ह्यारी भण्डारीको पहलमा भएको सो कार्यक्रममा मेरिल्याण्ड तथा पेनसेलभेनियाका लागि महा बाणिज्यदूत प्रेम राजा महत, लसएन्जलसका महा वाणिज्य दूत ऋषि ढकाललाई लगायत सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

 

Comments

comments