गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ सार्वजनिक भएको छ ।  राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको संगीत रहेको प्रताप र प्रविशाको गाजल भिडियो सहित सार्वजनिक भएको हो ।

प्रेमको अभिब्यक्तीलाई कलात्मक रुपमा चित्रण गरिएको गाजलको भिडियो  बबिता श्रेष्ठको निर्देशनमा निर्माण भएको हो । जसमा सभ्यता गिरी र अमन श्रेष्ठको अभिनय रहेको छ ।

काठमाडौं आसपास र गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई मुकेश हुमागाईँले छायांकन गरेका हुन् भने सम्पादन राजेश कुमारको रहेको छ ।

 

Comments

comments