अष्ट्रेलियाको तास्मानियामा आयोजना हुँन लागेको नयाँ बर्ष शुभकामना साँझ २०७६ को आयोजक टिमले गायक बादल प्रसाईको नाम उल्लेख नगरी पोष्टर सार्वजनिक गरेपछि यो कार्यक्रमको चर्को आलोचना भएको छ ।

नेपाली समाज तास्मानियाको आयोजनामा अप्रिल १३ तारिकका दिन हुन लागेको यो कार्यक्रमका ३ जना गायक गायिका मध्य बादल प्रसाईको नाम उल्लेख नगरी २ जनाको मात्र नाम सार्वजनिक गरेपछि बादल प्रसाईका प्रशसकले आयोजक संस्थाको बिरोध गर्दै आलोचना गरेका हुन् ।

पोष्टरमा गायक बादल प्रसाई, संजिव पराजुली र गायिका टिका प्रसाईको तस्विर रहेपनि आयोजक संस्थाले कार्यक्रमको प्रचार प्रसारका लागि कार्यक्रमको जानकारी सहित सामाजिक संजालमा पोष्ट गरेको स्ट्याटसमा टिका प्रसाई र संजिव पराजुलीको मात्र नाम उल्लेख छ । यो कुरा थाहा पाएपछि गायक बादल प्रसाई आफैंले सो स्ट्याटस सहितको पोष्टर आफ्नो फेसबुकमा राखेपछि बादलका प्रशंसक र उनि निकट कलाकर्मीले नेपाली समाज तास्मानियाको यो कार्यप्रति आपत्ती जनाएका छन् भने आज दिनभर नेपाली संगीत बजारमा पनि यो गलत काम भएको टिप्पणी भै रहेको छ ।

अष्ट्रेलियाबासी नेपालीहरुले समेत आलोचना गरिरहेको यो बिषयका कमेण्टमा पोष्टरमा राखिएको तस्विर समेतको आलोचना गर्नेपनि छन् किनकी नेपाली संगीत क्षेत्रका अत्यत्य लोकप्रिय गायक बादल प्रसाईको तस्विर अरु दुई गायक गायिकाको भन्दा सानो रहेको छ । यसो किन गरियो आयोजक संस्थाले स्पस्टिकरण दिई नसकेको भएपनि यसरी स्थापित गायकको नाम छुट्नु कलाकर्मीको योगदानलाई उचित सम्मान गर्न नसकिनु नै देखिन्छ ।चैतर्फि बिरोध पछि नेपाली समाज तास्मानियाले आफ्नो स्ट्याटसमा अहिले बादल प्रसाईको नाम पनि थपेको छ ।

गायक बादल प्रसाईंको status हेर्नुहोस

Comments

comments