बरिष्ट सौन्दर्यविद रश्मिला श्रेष्ठ द्वारा मिराकल फेसियल हाउस एण्ड ब्युटी केयरको उद्घाटन

40

काठमाडौं : बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ द्वारा काठमाडौँको गौशाला चोक बिश्वास कम्प्लेक्सको दोश्रो तल्लामा अबस्थित मिराकल फेसियल हाउस एण्ड ब्युटी केयरको उद्घाटन सम्पन्न भएको छ । उक्त अबसरमा युवा समाजसेवी प्रकाश कुमार श्रेष्ठ, रिटर्नि माइग्रेन्ट नेपालका केन्द्रीय महासचिब लक्ष्मी प्रसाद अचार्य, चलचित्र निर्देशक सुमन दहाल, रिटर्नि माइग्रेन्ट नेपाल गन्डकि प्रदेशका अध्यक्ष नेत्र थनेत लगायतका समाजका बरिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

युवा ब्यबसायी अनुराधा पाठक द्वारा सञ्चालित मिराकल फेसियल हाउस एण्ड ब्युटी केयर अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । लामो समय देखि देश बिदेशमा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ स्वदेशमा नै केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको मिराकल फेसियल हाउस एण्ड ब्युटी केयरमा अनुभबी सौन्दर्यकर्मी मार्फत सेवा सुबिधा प्रदान गरिन्छ ।

Comments

comments