चर्चित लोक गायक सन्दिप न्यौपानेको “लालुमै” ५ मिलियन भन्दा बेसी दर्शकहरुले हेरिसके (भिडियो सहित)

31

काठमाडौँ : केहि साता अघि सार्वजनिक गरिएको लालुमैु बोलको गीतले अत्याधिक दर्शकहरुको साथ् पाउन सफल भएको छ । छोटो समयमा नै ५२ लाख भन्दा बेसी दर्शकहरुले हेरिसकेका छन् । चर्चित गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझि गएको यो गीतमा शिब हमालको शब्द तथा संगीत छ भने गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् । युट्युब हालसम्म ५२ लाख दर्शकहरु भन्दा बेसीको माया पाइसकेको यो गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ । गीतलाई टिकटकमा ५० हजार भन्दा धेरै ब्यातिहरुले भिडीयो बनाइसकेका छन् । नेपाली सांगीतिक बजारमा छोटो समयमै यो गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउछन् । लोक शैलीको म्युजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का नृत्य तथा अभिनय गरेका छन् । भिडियो हेर्नुहोस :

Comments

comments