कैलाली, ३० फागुन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज गरेको बन्दको असर देशभर देखिएको छ । बन्दका क्रममा क्रममा आज बिहान कैलालीको राजीपुरमा बिबाहको लागि ब्याण्डबाजाको टिम बोकेको गाडीमा आगजनी गरिएको छ ।
भजनीबाट भीमदत्तनगरतर्फ गैइरहेको जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को बसलाई कैलालीको राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर नौ जनाको समूहले डिजेल छर्केर आगो लगाएका हुन् ।

आजै बिहान कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीमा रोकिराखेका बस जलाउन धम्की दिंदैगरेका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेतकोटका कोषराज भट्ट, भीमदत्तनगरका सुशिला चन्द र डोटी विपीनगरका धनबहादुर बम रहेका छन् ।

 

 

Comments

comments