सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रै असन्तुष्टि बढेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि त्यो निर्णयमा पार्टी सचिवालयका अन्य सदस्यले असन्तुष्टि जनाएका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको भोलिपल्टै सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले यस विषयमा अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।

Comments

comments