सन्तोष पौडेल \ बर्दिया ३० फागुन

पूर्वपश्चिम राजमार्ग मार्ग अन्तरगत बाँसगढी नगरपालिका ३ स्थित डुडुवा खोलाबाट करिब एकसय मिटर पुर्वतर्फ शंकास्पद प्रेसरकुकर फेला परेको छ ।

दिउसो करिब ३ः३० बजेको आपसपासमा प्लास्टिकले बेरेर बेवारिसे छोडिएको प्रेसर कुकरलाई निस्क्रिय बनाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक बसन्त गौतमले जानकारी दिनुभयो ।

सडकमा राखिएको प्रेसरकुकर बम हो होईन पुष्टी नै नभए पनि वेवास्ता गर्न नसकिने उहाँको भनाइ छ । डिस्पोजको लागि नेपाली सेनालाई खबर गरिएको बाँसगढी प्रहरीको भनाई छ ।

बम कसले राख्यो भन्ने थाहा नभएपनि आज नेत्र बिक्रम चन्द विप्लव समुहले गरेको देशब्यापी बन्द र बिभिन्न स्थानमा भएको यसको असरलाई हेर्दा विप्लव समुहले नै सडकमा बम राखेको आशंका गरिएको छ ।

Comments

comments