धार्मिक भ्रमणका लागि तराई क्षेत्र पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरु अत्याधि देखिएका छन् । प्रहरीले नियन्त्रण गर्न नसक्ने गरि शाहको स्वागतमा निस्कीएको जन सागरले उनको भब्य स्वागत गरेको हो ।

मध्य तराईको विभिन्न धार्मिकस्थलमा पूजा अर्चनाका लागि पुगेका पूर्वराजा हिजो साँझ झापाबाट जनकपुर पुगेका थिए । आफैंले गाडी चलाएर जनकपुर पुगेका शाहलाई भेट्न सर्बसाधारणको हिजो साँझ पनि अत्याधिक उस्थिती रहेको थियो भने आज जनकपुरबाट सर्लाहीको मलंगवा निस्कने क्रममा उनका समर्थकको नाराबाजी भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो भने सर्लाहीमा पनि उनका समर्थक अत्याधिक बाक्लो संख्यामा उपस्थित थिए ।

शाहसंग स्थानिय सरकारी अधिकारी र प्रतिनिधी समेतले भेट गरेका थिए भने उनि आउने खबर थाहा पाएका सर्वसाधारण उनलाई हेर्नकै लागी ठाउँ ठाउँमा भेला भएका थिए । स्वतस्फुर्त राजाको स्वागतमा निस्केकाहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका को नारा लगाईरहेका मधेसबासी जनताले देशको शान्ति र सम्बृद्धीका लागि राजा नै आउनु पर्ने बिचार ब्यक्त गरेका थिए । माहौल हेर्दा उनि सर्वसाधारण जनता सरह भै सकेका पूर्व राजा भन्दा पनि राजगद्धीमै रहँदाका राजाको उपस्थिती जस्तो देखिन्थ्यो । जनकपुरबाट मलंगवा जाने क्रममा पूर्वराजाले बिभिन्न स्थानमा गाडीवाट ओर्लेरै जनतासँग सम्वाद गरेका थिए ।

मलंगवाको दुर्गा मन्दिर पुग्नुअघि सडकमा स्थानीय बासिन्दाको लाम छिचोल्न नसकिने भएपछि पूर्वराजा गाडीबाट ओर्लिएर पैदल हिँड्नुपरेको थियो ।

चार दिनका लागि जनकपुर आइपुगेका पूर्वराजाले भोली चैत १ गते जानकी मन्दिरमा पूजापाठ गर्नेछन् भने चैत २ गते उदयपुरको गाईघाटमा राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ। चैत ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गरी झापा पुग्ने कार्यक्रम रहेको छ।

 

 

Comments

comments