कोरोना संक्रमणबाट बच्न भारतबाट आएका नेपालीहरु लिएर दाङ जाँदै गरेको बस दुर्घटना दुर्घटनामा परेको छ । बाँकेको नेपालगञ्जबाट दाङ जाँदै गरेको बस बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना भएको हो ।
नेपालगञ्जबाट दाङ हुँदै सल्यान जान लागेको ना ५ ख ५९९५ नम्बरको सो बस दुर्घटनामा १२ जनाको मृत्यु भै सकेको छ । जसमध्य गाडी चालक दैलेखका २८ वर्षीय दानबहादुर खड्का र सहचालक सुर्खेतका २२ वर्षीय पवनबहादुर भण्डारीको सनाखत भएको छ ।
नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको सो बस श्री जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते २१ ज्ना घाईते भएका छन् जसमध्य ५ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा घटनास्थलमा ११ जना र भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए।
मृतक तथा घाईतेहरु भारतबाट आएकाले उनिहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।
प्रतिक्रिया