US Khabar

जर्ज फ्लोइड हत्याले अमेरिकाको प्रदर्शन उग्र बन्दै – २० भन्दा बढि राज्यमा कर्फ्यू लगाईयो

- Admin | ३ वर्ष पहिले प्रकाशित

जर्ज फ्लोइड हत्याले अमेरिकाको प्रदर्शन उग्र बन्दै – २० भन्दा बढि राज्यमा कर्फ्यू लगाईयो

जर्ज फ्लोइड हत्या प्रकरणको विरोधमा हजारौं जनता सडकमा उत्रन थालेपछि अमेरिकाका २० भन्दा बढि राज्यमा कर्फ्यू लगाइएको छ । प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको घटनालाई लिएर सुरु भएको आन्दोलन उग्र बन्दै गएपछि हिंसाहरू नदोहोरिउन् भनेर अमेरिकाले देशभरका २० भन्दा बढी राज्यमा कर्फ्यू लगाइएको छ हो ।

भिडलाई नियन्त्रण गर्न अमेरिकाभर ५,००० भन्दा बढी न्याश्नल गार्डका सदस्यहरू परिचालन गरिएको छ। तर पनि थुप्रै ठाउँमा प्रदर्शनकारीहरू विरोधमा उत्रिएका छन्।

न्युयोर्क, वासिंटन, म्यानहट्टन, सिएटल, लगायतका सहरमा प्रदर्शनले उग्र रुप लिदैं गएको छ । काला जातिका ४६ वर्षीय जर्ज प्रहरी हिरासतमा थिए । हिरासतमै रहेका बेला ३ जना गोरा जातीका प्रहरीले उनको घाँटी थिचेर हत्या गरेको समाचार बाहिरिए संगै यस घटनालाई रंगभेदको मुद्दा बनाएर हजारौंको संख्यामा प्रदर्शन हुँदै आएको छ ।

जर्ज चिच्याइरहँदा पनि उनको घाँटी थिचिरहेको भिडिओ बाहिरिएको छ जुन यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ जसमा जर्जले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेर जीवन रक्षाको लागि अनुनय गरेका छन् । प्रदर्शनकारीले उनको यहि वाक्यलाई नारा बनाएर आन्दोलन सुरु गरेका हुन् ।

विभिन्न स्थानमा प्रहरीका भ्यानमाथि आगजनी गर्नुका साथै आक्रमण भएको यस प्रदर्शनमा प्रहरीले पनि प्रदर्शनकारीको भीडलाई मिचेरै गाडी कुदाएपछि झन् हिंसात्मक वातावरण सृजना भएको छ । प्रदर्शनको पाचौं दिन प्रहरीको गाडीले प्रदर्शनकारी माथी नै गाडी चलाउँदा केही प्रदर्शनकारीहरु घाईते भएका छन् भने प्रदर्शनमा संलग्न २ सय प्रदर्शनकारी पक्राउ परिसकेका छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!