अस्ट्रेलियाको सिड्नीमा यहीँ मार्च ३० तारिख ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना हुने भएको छ । एएसएपी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको सिड्नी फेशनिस्टामा चर्चित गायक तथा भोईश अफ नेपालका कोच सनुप पौडेल तथा अर्कि चर्चित गायिका आस्था कुँवर मडल तथा नृत्याङगना एन्जल श्रेष्ठ, कर्पोरेट क्विनकी विजेता शितल थापा, ड्रेस डिजाइनर सुपी रसाइली लगायतको सहभागिता हुनेछ ।

एएसएपीले यसअघि अष्ट्रेलियामा दुई पटक विभिन्न मनोरञ्जनात्मक तथा साँगितीका कार्यक्रम र पोखरामा कर्पोरेट कनेक्शन, कर्पोरेट क्विनजस्ता सफल कार्यक्रमको आयोजना गरिसकेकाे छ । मोडल तथा कोरियोग्राफर अर्चना शर्माले कोरियोग्राफी गर्ने फेशन शोमा विदेशी तथा नेपाली मोडलहरुले नेपालका विभिन्न पहिरनमा र्याम्प वाक गर्ने भएका छन् ।

यस्तो कार्यक्रम सिड्नीमा पहिलो पटक हुन लागेको हो । पृथक कार्यक्रमले सिड्नी वासीमा उत्साह छाएको आयोजक एएसएपीका निर्देशक सन्तोष अधिकारीले बताउनुभयो । देश तथा विदेशमा प्रख्यात उद्घोषक विवेक खतिवडाले कार्यक्रम संचालन गर्ने भएका छन् ।

 

Comments

comments