नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् । पत्नी सीता दाहालको उपचारका लागि ‘प्रचण्ड’ दम्पती अमेरिका प्रस्थान गरेका हुन् ।

पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्यका अमेरिका गएका प्रचण्ड लाई बिदा गर्न नेकपा नेता सुवास नेम्बाङ सहित अन्य केही नेताहरु पनि उपस्थित थिए । एक मात्र छोरा प्रकाश दाहालको निधनपछि लामो समयदेखि बिरामी पर्दै आएकी सीतालाई सिंगापुर, थाइल्याण्ड, र भारत लगेर उपचार गरे पनि सञ्चो नभएपछि प्रचण्डले उनलाई थप उपचारका लागि आज अमेरिका लगेका हुन् ।

पार्किन्सन सुगर र उच्च रक्तचापबाट पीडित प्रचण्ड पत्नी सिताको उपचार अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिीमोरस्थित जोन हप्किन्स अस्पतालमा उपचार हुने बताईएको छ । रोगको निधान हुने जन विश्वासमा प्रचण्डले सीतालाई तातोपानीमा नुहाउन लगेका पनि थिए।

अमेरिका जानु अघि प्रचण्डले पत्रकारसंग कुराकानी गर्दै दुई देशको सम्बन्धको बारेमा पनि छलफल हुन सक्ने बताएका छन् । उनले भने,’यसका लागि अमेरिकालाई पत्र पठाईरहेको परराष्ट्र मनत्रालयले मलाई जानकारी दिएको छ ।’  सरकार र अमेरिकी राजदुतले समेत आफुलाई सहयोग गरेको बताउँदै सबै मिलेर देशमा देशका अराजक गतिविधी अन्त्य गर्नुपर्ने बताए ।

प्रचण्ड यस अघि नै अमेरिका जाने कुरा भएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेका बेला अध्यक्ष प्रचण्ले दिएको अभिव्यक्ति नेपाल कम्युनिष्ट पार्टी नेकपाले सच्याएर अर्को विज्ञप्ति निकालेको थियो। भेनेजुयला प्रकरणमा प्रचण्डको व्यक्तिगत अभिव्यक्ति भनेर प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि दुई अध्यक्षबीचको सम्बन्धमा पनि चिसोपना आएको थियो। त्यसपछि अमेरिकी राजदूत र्याण्डी बेरीले अध्यक्ष प्रचण्डलाई निवासमै पुगेर भेट गरी अमेरिकाको निम्तो दिएका थिए।

 

Comments

comments