US Khabar
  • काठमाडौं ३ क्यासिनोलाई ५ दिने अल्टिमेटम: झण्डै १ अर्व बक्यौता बुझाउन बाँकी

    - us khabar | २ महिना पहिले प्रकाशित

    काठमाडौं ३ क्यासिनोलाई ५ दिने अल्टिमेटम: झण्डै १ अर्व बक्यौता बुझाउन बाँकी

    काठमाडौं, ११ चैत:सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने ३ क्यासिनो कम्पनीलाई ५ दिने अल्टिमेटम जारी भएको छ । पर्यटन विभागले बक्यौता रकम नबुझाएका काठमाडौंका ३ क्यासिनो रक इन्टरनेशनल, ओरियन्टल ¥याडिसन लाजिम्पाट र ह्याप्पी आवरले बुझाउनु पर्ने करडौंको बक्यौताका लागि ५ दिने अल्टिमेटम दिएको हो ।

    पर्यटन विभागका होटल तथा क्यासिनो विभाग अधिकृत खेमराज जोशीका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउनका लागि अल्टिमेटम दिन बुधवार मन्त्रिस्तरीय निर्णय गराएसँगै ३ क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको हो ।

    यस बिषयमा विभागले जारी गरेको सूचनामा उल्लेख भए अनुसार रक इन्टरनेशनल प्रालि काठमाडौँले रु ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँले रु ३० करोड १७ लाख र ओरियन्टल होटल्स (¥याडिसन होटल) लाजिम्पाटले रु ३० करोड बक्यौता सरकारलाई बुझाउन बाँकी छ । यि ३ क्यासिनाले सरकारलाई ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन बाँकी रहेको विभागले जनाएको छ ।

    उहाँले भन्नुभयो, “मन्त्रीज्यूले मन्त्रिस्तरीय निर्णय गरी बक्यौता बुझाउनका लागि अल्टिमेटम दिन निर्णय गर्नुभएको छ, हामीले रकम बुझाउन पाँच दिनको सूचना प्रकाशन गरेका छौँ, नबुझाए कारबाही हुन्छ ।”

    ती कम्पनीले पाँच दिनभित्रमा बक्यौता रकम नबुझाए कानुनी कारबाही हुने विभागले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ सम्मको नियमित रोयल्टी र नवीकरण रु ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ । हालसम्म १७ कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा रु ८७ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!