जर्ज फ्लोइड हत्या प्रकरणका कारण अमेरिकाको न्यूयोर्कमा ६३ बर्षको ईतिहासमा पहिलो पटक कफ्र्यु आदेश जारी भएको छ । प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको घटनालाई लिएर सुरु भएको आन्दोलन उग्र बन्दै न्यूयोर्कमा ६३ बर्ष यताको ईतिहासमा पहिलो पटक कफ्र्यु आदेश जारी भएको हो ।
२० भन्दा बढी राज्यका ४० शहरमा जारी कफ्र्यु आदेशले ९१ वर्षअघिको रंगभेदको घटनाको आतंक दोहोरिने आशंका थपिएको छ ।
जर्ज फ्लोइड हत्याको विरोधमा हजारौं जनता सडकमा उत्रन थालेपछि वासिङ्टन डिसी र १५ राज्यहरुमा सेना तथा अमेरिकाभर ५,००० भन्दा बढी न्याश्नल गार्डका सदस्यहरू परिचालन गरिएको छ।
प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको घटनालाई लिएर सुरु भएको आन्दोलन उग्र बन्दै गएपछि हिंसाहरू नदोहोरिउन् भनेर अमेरिकाले बिभिन्न राज्यमा कर्फ्यू आदेश जारी गरेको हो । आन्दोलनले न्युयोर्क, वासिंटन, म्यानहट्टन, सिएटल, लगायतका सहरमा प्रदर्शनले उग्र रुप लिदैं गएको छ । काला जातिका ४६ वर्षीय जर्ज प्रहरी हिरासतमा थिए । हिरासतमै रहेका बेला ३ जना गोरा जातीका प्रहरीले उनको घाँटी थिचेर हत्या गरेको समाचार बाहिरिए संगै यस घटनालाई रंगभेदको मुद्दा बनाएर हजारौंको संख्यामा प्रदर्शन हुँदै आएको छ ।
जर्ज चिच्याइरहँदा पनि उनको घाँटी थिचिरहेको भिडिओ बाहिरिएको छ जुन यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ जसमा जर्जले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेर जीवन रक्षाको लागि अनुनय गरेका छन् । प्रदर्शनकारीले उनको यहि वाक्यलाई नारा बनाएर आन्दोलन सुरु गरेका हुन् ।
विभिन्न स्थानमा प्रहरीका भ्यानमाथि आगजनी गर्नुका साथै आक्रमण भएको यस प्रदर्शनमा प्रहरीले पनि प्रदर्शनकारीको भीडलाई मिचेरै गाडी कुदाएपछि झन् हिंसात्मक वातावरण सृजना भएको छ । प्रदर्शनको पाचौं दिन प्रहरीको गाडीले प्रदर्शनकारी माथी नै गाडी चलाउँदा केही प्रदर्शनकारीहरु घाईते भएका छन् भने अमेरिकाभर कम्तीमा चार हजार व्यक्ति पक्राउ परेका छन् ।
जर्ज फ्लोयडको घाँटीमा घुँडा धसेका निलम्बित प्रहरी अधिकारीलाई तेस्रो डिग्री हत्या र दोस्रो डिग्री नरसंहारको मुद्दा लगाइएको छ । प्रहरी अधिकारी डेरेक चाउभिनलाई आगामी जुन ८ मा अदालतमा उपस्थित गराइने भएको छ ।
प्रतिक्रिया