बैतडी क्वारेन्टाईनमा बसेकी युवतीको पनि मृत्यु भएको छ । भारतको पञ्जाबबाट जेठ १६ गते गौरीफन्टा नाका हुँदै नेपाल आएकी २२ वर्षीया सुनिता लुहारको मंगलबार मृत्यु भएको हो ।
पुर्चौडी नगरपालिका–४ को मालिका मावि, भटनामा रहेको क्वारेन्टिनमा बसेकी लुहार सोमबारदेखि श्रीमान् हरिश लुहार र डेढ वर्षीय बच्चा सहित क्वारेन्टिनमा बसेकी थिईन् । एक दिन अघि समान्य अवस्थामा रहेकी उनि मुटु रोगको बिरामी रहेको बताईएको छ ।
आजकै दिन पाल्पाको युनाइटेड मिसन अस्पताल तानसेनको आइसोलेसनमा उपचाररत ४६ वर्षीय रामबहादुर दिशा मगरको मृत्यु भएको छ ।
भारतको मुम्बईबाट फर्किएका राम बहादुर जल्पाको शम्भु मावीमा रहेको क्वारेन्टाइनमा बस्दै आएका थिए । पूर्वखोला गाउँपालिका १ सिलुवा घर भएका उनि जेठ २ दिन अघिबाट क्वारेन्टाईन बस्न थालेका हुन् ।
यस अघि बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेकी २ बर्षिया बालिकाको पनि मार्तडीको आइसोलेसनमा मृत्यु भएको थियो उनको भारतबाट आएको ८ औ दिन मृत्यु भएको थियो ।
प्रतिक्रिया