US Khabar
  • टी–२० क्रिकेट फाइनल: पपुवा न्युगिनीविरुद्ध नेपालद्वारा १६९ रनको लक्ष्य प्रस्तुत

    - us khabar | २ महिना पहिले प्रकाशित

    टी–२० क्रिकेट फाइनल: पपुवा न्युगिनीविरुद्ध नेपालद्वारा १६९ रनको लक्ष्य प्रस्तुत

    त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीसामू जितका लागि १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको हो । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धतकीय पारी खेले । उनले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ऐरीले ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे ।

    यस्तै करन केसीले अविजित ३३ रन बनाए । उनले १२ बल खेल्दै एक छक्का र पाँच चौका प्रहार गरे । आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए ।

    बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक एक विकेट लिए । अहिले पपुवा न्युगिनी जवाफी ब्याटिङ गरिरहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाउँदै १८ रन बनाएको छ । नेपालका करन केसीले पपुवा न्युगिनीको पहिलो विकेट लिएका छन् । रासस

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!