सरकारी संचयकोष भवन काठमाडौँ मलमा केहि ब्यापारी तथा बिचौलियाहरुको चलखेल बढ्दो

40

काठमाडौँ : कर्मचारी सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको सुन्धाराको व्यापारिक भवन ‘काठमाडौं मल’ लाई कर्पोरेट कार्यालयका रुपमा सञ्चालन गर्ने जानकारी गराए संगै केहि ब्यापारीहरु आफ्नो स्वार्थ पुरा गर्न आफ्नो मन खुसिले अनलाइन समाचारहरु प्रकासित गर्दै संचयकोषलाइ नै टक्कर दिन लागेको खुलासा भएको छ । सबै ब्यापारीहरु संग सर- सल्लाहानै नगरी आफ्नै खुसीले काठमाडौँ मललाइ राजनीति थलो बनाउन खोजेको र आफ्नो स्वार्थ पुरा गर्न र आफु काठमाडौँ मलमा नेतृत्व गर्ने प्रपन्चका साथ केहि ब्यापारीहरु अगाढी बढेको कारण अहिले अधिकांश ब्यापारीहरु रुष्ट बनेका छन् भने उक्त राजनीति चलखेलले गर्दा व्यापारीहरुलाइ समेत थप अन्योलमा परेको कुरा ब्यबसायीहरु बताउछन । व्यापारीहरुको हकहितमा भन्दै आफ्नो स्वार्थ निहित अनलाइन समाचारहरु प्रकाशित भएकोमा कतै यो राजनीतिक चलखेल त होइन भनेर ब्यापारीहरु थप ससंकित बनेका छन् । अरबौको लागनी रहेको व्यापारिक भवनमा कतै यो राजनीतिक चलखेलले गर्दा अझ थप ब्यापारीहरुले दुख नपाउलान भन्न सकिन्न ।

काठमाडौँ मल भित्र यस्ता सम्म कुराहरु भईरहेका छन् । हेर्नुहोस :

(१) काठमाडा‌ैं मलका ठेकेदारलाई काठमाडाैंमलका केही नाम चलेका नेतृत्वमा आउन चाहने बिचा‌ैंलियाहरुले नै भाडा रकम नतिरेर जिर्ण वनाएकाे खुलासा।

(२) नेतृत्वमा आउन ब्यबसायीले नै एक अर्का ब्यबसायीहरुलाई झुट्टा मुद्दा लगाउने झुट्टा समाचार सम्प्रेक्षण गर्ने गरिएकाे।

(३) बिना प्रतिष्पर्धा लेखेरै राम्रा ब्यबसायीहरुकाे खेदाे खनेर चुप लागेर बस्न बाध्य बनाउदै र एकलाैटी नेतृत्वकाे कारण काठमाडाैं मल झनै बिकराल अवस्थामा पुर्याईयाे ।

(४) सन्चयकाेषकाे कर्मचारि बिरुद्ध रकमकाे चलखेल गरेकाे झुट्टा अनलाईन खबर र बाेलकाे कारण झन् ब्यापारिकाे हकमा नजाने, र ब्यापारीहरु तनाबमा ।

(५) धर्ना र मुद्दा लड्ने भन्दै ब्यबसायीहरु संग रकम उठाएर संघर्ष समितिकाे बनाउने

(६) अश्वस्थ पर्तिष्पर्धा गर्ने हेतुले पसलकेा रुपरेखानै परिवर्तन गर्ने गरेकाे र अनलाईनमा जे पायाे त्यहि मनगडन्ते कुराहरु लेखेकाेमा संचयकोष झन् आक्रोशमा ।

(७) बिगतमा ठेकेदार संग सम्झाैंता ताेड्दाकाे अवस्थामा संघर्षशिल ब्यक्तित्वहरुलाई जबरजस्ती मुद्धा दर्ता गर्ने, अनलाईन समाचार लेख्न लेखाउने गरेर प्यासिभ बन्न बाध्य तुल्याएर केहि भाडा नतिरि समेत बसेका ब्यक्तिकाे नेतृत्वमा, मलकाे अवस्था झनै जिर्ण हुनेमा शंका ब्यबसायी बाट शंका ।

(८) सरकारकाे कर्मचारिलाई बिना प्रमाण नचाईदाे लान्छना लगाउने अफबाह फैलाउने जस्ता समाचार आउनुको कारण पनि काठमाडाैंमलकाे बिषयमा सहि निर्णय गर्न गार्हाे परेकेा प्रष्ट ।

(९) सुर्यस्वस्तिक लाई तिर्नु पर्ने बाकि बक्याैदा रकम नतिरि चाडैनै हट्न पर्ने बाध्यता तुल्याईएकाे र अझै संचयकाेषले ३ महिनाकाे अग्रिम भाडा संचयकोषकाे खातामा डिपाेजिट गर्न लगाउदा समेत नेतृत्ववाला थाेरै रकम भर्न बाध्य तुल्याएर संचयकोषलाइ बैज्ञानिक भाडादर कायम गराउन अप्ठेराेमा पारिएकाे।

(१०) धर्नाकाे नाममा तथा मुद्धा हाल्ने नाममा मलका सबै ब्यबसायीहरु संग जबरजस्ती रकम उठाउन थालिएकाेमा धेरै ब्यबसायी रुष्ट भएका ।

(११) मुद्धाकाे नाममा ४ बर्ष भाडा तिर्न नपर्ने भन्दै रकम उठाएकाले ब्यापारिहरु झन् त्रसित ।

(१२) संचयकोषको आधिकारिक निर्णय नहेरि नसुनि अपुष्ट समाचारकाे पछाडी लाग्ने नया नेतृत्वकाे पछाडि लागेर ब्यबसायीहरुकाे ब्यापार घट्दै गई रहकाेले, ग्राहककाे चाप कम भएकेाले नचाहिंदाे समाचार नलेख्न नछाप्न पत्राकारहरुलाई ब्यबसायीहरुकाे आग्रह।

(१४) ब्यबसायीक नेतृत्वहरुकाे मनसायनै मल जिर्ण बनाउन भाडा नतिरी ब्यबसाय संचालन गर्न पाउनु पर्छ भन्ने मनसाय देखिएकाे र नेतृत्ववालाहरुको काठमाडाैंमल नजिककाे केहि मलहरुमा पहिले देखिनै ब्यबसाय संचालन गरि सकेकाे अवस्थामा गाउँ गरिव ऋण लिएर व्यवसाय संचालन गरेकाकाे बिचल्ली बनाउन नेतृत्व लागि परेको हुन सक्ने शंका समेत ।
(१५) संघ सस्थाको नाममा राजनीति खिचलो गरेर व्यक्तिगत स्वार्थ पुरा गर्दै गरिब व्यापारीहरुलाई बस मा पार्ने नियत रहेको कारणले गर्दा ब्यबसायिहरु असन्तुष्ट रहेको र आफुहरुले स्वतन्त्र ब्यापार गर्ने हक समेत खोसिदै गएको कारणले कपोकल्पित समाचार सम्प्रेषण नगर्न समेत ब्यापारीहरुले आग्रह गरेका छन ।

(१६) केहि ब्यबसायीले आफुले स्पेस अनुसार तिर्नु पर्ने भाडा समेत नतिरी पुरानो संघका नेतृत्वहरुलाई भ्रस्ट भन्दै गरेको अबस्थामा कति व्यापारीहरुले संघको सदस्यता समेत नलिएको बुझिएको छ । तसर्थ संचयकोषले उक्त संघ सस्था संग कुनै छलफल समेत नगर्ने र नगरिएको जानकारी आएको छ ।

यी माथिका यावत कुराहरुले गर्दा काठमाडौँ मलका ब्यबसायीहरु थप पिडामा रहेका छन् । जसले गर्दा उनीहरुको ब्यापार ब्यबसाय रोजी रोटिनै गुम्ने खतरा झन् बढ्दै गएको हुँदा सरकारी संचयकोष भवन काठमाडौँ मलमा राजनीति होइन ब्यापार ब्यबसाय गरौ देशलाइ सम्रिद्दीको बाटोमा लैजाउ भन्दै अधिकांश ब्यापारीहरुले आग्रह समेत गर्दै आक्रोश पोखेका छन । पद र नेतृत्वको लागि बनाइएको संघ सस्थालाइ कर्मचारी संचयकोषले समेत बैधानिकता प्रदान नगरेको अबस्थामा कुनै समाचारमा आधिकारिकता नभएको बुजिएको छ । लगानी र रोजगारीलाइ सुरक्षित बनाउन सम्पूर्ण ब्यबसायी एकजुट भएर लाग्नु पर्ने र राजनीति खिचातानी र बिचौलिया बाट बच्नुपर्ने ब्यबसायीहरुको बुझाइ छ ।

Comments

comments