US Khabar

काठमाडौंको चोभारमा निर्मित सुख्खा बन्दरगाह आजबाट संचालनमा

- us khabar | १ वर्ष पहिले प्रकाशित

काठमाडौंको चोभारमा निर्मित सुख्खा बन्दरगाह आजबाट संचालनमा

काठमाडौं, २२ चैत: काठमाडौंको चोभारमा निर्मित सुख्खा बन्दरगाह आजबाट संचालनमा आएको छ । मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि चोभारको सुख्खा बन्दरगाहले संचालन आरम्भ गरेको हो ।

वीरगञ्ज नाका हुँदै काठमाण्डौका लागि मालवस्तु बोकेर आएका तीन वटा कन्टेनरलाई प्रधानमन्त्री देउवाद्वारा चोभारमा भित्राईएपछि औपचारिक रुपमा बन्दरगाहले संचालन सुरु गरेको हो । यो संगै नेपालका विभिन्न देशबाट भित्रिएका ट्रक तथा कन्टेनरलाई सिधै चोभारमा ल्याएर भन्सार जाँच पास गर्न सकिने भएको छ ।

पाँच सय वटा ट्रक तथा कन्टेनर पार्किङको सुविधा तथा भन्सार कार्यालय, क्वरेण्टीन, सुरक्षाचौकी लगायतको सुविधा रहेको चोभार बन्दरगाहमा विदेश निर्यात सामानको भन्सार जाँच पास पनि चोभारबाटै हुने व्यवस्था रहेको छ ।

विश्व बैंकको १ अर्ब ५४ करोड रुपैयाँ ऋण सहयोगमा निर्माण भएको चोभार बन्दरगाहमा निर्माण अघि काठमाण्डौ र आसपासका जिल्लाका लागि आयात भएका सामान पनि सीमावर्ती क्षेत्रका भन्सारमै जाँच पास गर्नुपर्दा लोड÷अनलोड लगायतको समस्या थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!