विनोद चौधरी विश्वव्यापि धनाड्यको सूचीमा पर्न सफल भएका छन् । विश्वभरका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्सको डलर अर्बपतिहरुको सूचीमा नेपालका विनोद चौधरीको नाम सार्वजनिक गरेको हो ।
सुची अनुसार यो बर्ष विनोद चौधरी भारत बाहेक दक्षिण एसियाली देशहरुमा नै धनि व्यक्तीका रुपमा रहेका छन् । यो पटक विश्व धनाड्य सुचीमा दक्षिण एसियाबाट नेपाल र भारत मात्र परेका छन् । जसमध्य नेपालबाट विनोद चौधरी डलर अर्बपति घोषित भएका छन् ।
फोर्ब्सका अनुसार नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति १.५ अर्ब डलर रहेको छ । गत बर्ष १.४ अर्ब डलर रहेको सम्पत्ती यो बर्ष दस करोड डलरले वृद्धि भएर १.५ अर्ब पुगेको हो ।
सन् २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहँदै आएका व्यवसायी चौधरी फोर्ब्सको सूचीमा १९२९ नम्बरमा रहेका छन् । नेपाल र भारत बाहेक दक्षिण एसियाका अन्य मुलुकहरु भुटान, श्रीलंका, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनैपनि व्यवसायी यो बर्ष अर्बपतिको सूचीमा परेका छैनन् ।
आफु संगै हरेक नेपाली धनी भएको हेर्न चाहने चौधरी नेपाली कांग्रेसका केन्द्रीय एवम् प्रतिनिधिसभाका सदस्य समेत हुन् ।
सार्वजनिक सुची अनुसार अमेरिका सूचीको सबैभन्दा माथि रहेको छ । अमेरिकामा अर्बपतिहरुको संख्या ७ सय ३५ रहेको उल्लेख छ ।
यस्तै उक्त सूचीअनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकमध्ये तेस्रो भएको छ । भारतमा १ सय ६६ अर्बपति रहेका छन् भने अर्को छिमेकी चीनमा ५ सय ३९अर्बपति छन् ।
प्रतिक्रिया